+
+
Shares

कतारले भन्यो- तत्कालका लागि सुरक्षा खतरा छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १८:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कतार सरकारले इरानी आक्रमणबाट हुने सम्भावित खतरा तत्कालका लागि टरेको जनाएको छ।
  • कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीले युद्ध चर्किने चेतावनी दिँदै पनि नियन्त्रण सम्भव रहेको बताए।
  • कतारले होर्मुज घाँटी बन्द हुनु र सुरक्षामाथि खतरा सबैलाई नकारात्मक असर गर्ने उल्लेख गरेको छ।

२६ फागुन, काठमाडौं । कतार सरकारले इरानी आक्रमणबाट हुने सम्भावित खतरा तत्कालका लागि टरेको जनाएको छ ।

यसअघि कतारी अधिकारीहरूले मोबाइलमा अलर्ट पठाउँदै देशमा सुरक्षा खतरा रहेको भन्दै उच्च सतर्कता अपनाउन भनेको थियो ।

अलजजिराका अनुसार, सरकारले पठाएको पछिल्लो सूचनामा ‘सुरक्षा खतरा समाप्त भएको छ र अवस्था सामान्यमा फर्किएको छ’ भनिएको छ।

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीले कतारले बारम्बार युद्ध चर्किने र क्षेत्रीय युद्धमा परिणत हुनेबारे चेतावनी दिएको थियो, तर यसलाई नियन्त्रण गर्न अझै सम्भव रहेको बताएका छन् ।

उनले कतारसँग विभिन्न आपूर्ति मार्गहरू रहे पनि होर्मुज घाँटी बन्द हुनु र यसको सुरक्षामाथि हुने खतराले सबैलाई नकारात्मक असर गर्नेमा जोड दिए ।

कतारले कूटनीतिक रूपमा कोसँग सम्बन्ध राख्ने वा व्यवहार गर्ने भन्ने कुरा अन्य कुनै पक्षले निर्देशन गर्न नसक्ने पनि उनले बताए । ‘युद्ध अन्त्य गर्ने प्रयासमा कुनै पनि पक्षको योगदानलाई स्वागत छ,’ उनले भने ।

कतारमा घरभित्रै बस्न भनियो, क्षेप्यास्त्र आक्रमण विफल पारिएको दाबी

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?