२६ फागुन, काठमाडौं । साउथवेस्टर्न स्कुल एलसीसीआई ग्लोबल क्वालिफिकेसन्ससँग साझेदारी गर्दै ‘अर्ली जिनियस स्कुल’ मा आबद्ध भएको छ । योसँगै स्कुलले अक्स्फोर्ड एडभान्टेजबाट सञ्चालित अर्ली जिनियस प्रोग्राम लागु गर्ने भएको छ ।
यो सहकार्यले गुणस्तरीय शिक्षा प्रदान गर्ने तथा बालबालिकाको समग्र विकासलाई प्राथमिकता दिने स्कुलको प्रतिबद्धतामा अर्को महत्त्वपूर्ण उपलब्धि थपेको छ । अर्ली जिनियस प्रोग्रामले अन्तर्राष्ट्रिय स्तरका शैक्षिक स्रोत तथा आधुनिक शिक्षण पद्धति समेट्दै प्रारम्भिक शिक्षाको महत्त्वपूर्ण चरणमा बलियो आधार निर्माण गर्न सहयोग गर्ने स्कुलले जनाएको छ ।
कार्यक्रम लागु भएसँगै साउथवेस्टर्न स्कुलका विद्यार्थीले जिज्ञासा, सिर्जनशीलता र स्वतन्त्र सोच प्रोत्साहन गर्ने गतिशील सिकाइ वातावरणबाट लाभ उठाउने छ ।
यो पाठ्यक्रमले आलोचनात्मक सोच, बलियो अंग्रेजी भाषा दक्षता, आत्मविश्वास, प्रभावकारी सञ्चार क्षमता तथा समग्र व्यक्तित्व विकास जस्ता महत्त्वपूर्ण सिप विकासमा ध्याने दिने छ ।
स्कुलका प्रिन्सिपल रमेश अधिकारीले यो रणनीतिक सहकार्यले विद्यार्थीको सिकाइ अनुभव अझ समृद्ध बनाउने र उनीहरूलाई विश्वव्यापी प्रतिस्पर्धात्मक वातावरणमा सफल हुन आवश्यक सिप तथा दक्षताले सुसज्जित गर्ने बताए ।
प्रतिक्रिया 4