+

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

२०८२ फागुन  २६ गते २१:३२ २०८२ फागुन २६ गते २१:३२
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ को उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले केभिसी हाउण्ड्सलाई १०७-७९ ले पराजित गरेको छ।
  • गोल्डेनगेट इन्टरनेसनल क्लबले साविक विजेता टाइम्स इन्टरनेसनल क्लबलाई ९२-७५ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
  • आर्मीका निश्चल महर्जन र गोल्डेनगेटका निकेश मगर खेलको मोस्ट भ्यालुएबल प्लेअर घोषित भएका छन्।

२६ फागुन, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट इन्टरनेशनल क्लबले वियजी सुरुवात गरेका छन्

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा मंगलबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा आर्मीले केभिसी हाउण्ड्सलाई १०७-७९ ले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा आर्मीले चारै क्वाटर आफ्नो पक्षमा पार्दै जित हासिल गरेको हो । आर्मीले पहिलो क्वाटरमा २९-१७, दोस्रो क्वाटरमा २४-२२, तेस्रो क्वाटरमा २८-२१ र चौथो क्वाटरमा २३-१९ को अग्रता बनाएको थियो ।

आर्मीका निश्चल महर्जनले सर्वाधिक २७ अंक स्कोर गरे । उनी खेलको मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । पहिलो संस्करणमा सहभागी नभएको आर्मीले यस पटक भने उद्घाटन खेलमै जित हात पारेको हो ।

दोस्रो संस्कणरमा आर्मीले छनोट प्रतियोगिता खेलेको थियो र त्यसको उपाधि जित्दै एचजेएनबीएलमा छनोट भएको थियो ।

यस्तै मंगलबार भएको दोस्रो खेलमा गोल्डेनगेट इन्टरनेशनल कल्बले साविक विजेता टाइम्स इन्टरनेसनल क्लबलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

पहिलो संस्करणको फाइनलमा टाइम्सले गोल्डेनगेटलाई नै पराजित गर्दै उपाधि जितेको थियो । तर साविक विजेता टाइम्सलाई ९२-७५ स्कोरले पराजित गर्दै दोस्रो संस्करणमा गोल्डेनगेटले विजयी सुरुवात गरेको हो ।

टाइम्सले पहिलो क्वाटरमा २५-१८ को अग्रता बनाउँदै राम्रो सुरुवात गरेको थियो । तर गोल्डेनगेट दोस्रो क्वाटरफमै खेलमा फर्कियो र २५-१९ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म टाइम्स अग्रता ४४-४३ मा झारेको थियो ।

गोल्डेनेगेटले त्यही लय कायम राख्दै तेस्रो क्वाटरमा ३०-१० को फराकिलो अग्रता बनाउँदै ७३-५४ ले अघि बढ्यो । चौथो तथा अन्तिम क्वाटर टाइम्सले २१-१९ ले आफ्नो पक्षमा पारेपनि गोल्डेनगेटलाई रोक्न सकेन ।

खेलमा गोल्डेनगेटका निकेश मगरले सर्वाधिक ३७ अंक स्कोर गरे । उनी खेलको मोस्ट भ्यालुएबल प्लेअर घोषित भए ।

हिमालयन जाभा नेसनल बास्केटबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय