+
+
Shares

इरानी आक्रमणबाट हालसम्म यूएईमा १ नेपालीसहित ६ जनाको मृत्यु, १२२ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते २१:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा यूएईमा ६ जनाको मृत्यु र १२२ जना घाइते भएका छन्।
  • मृत्यु हुनेमा एक जना नेपाली, दुई जना पाकिस्तानी, एक जना बंगलादेशी र एक जना यूएई नागरिक छन्।
  • यूएईको वायु रक्षा मन्त्रालयले २६२ वटा मिसाइल र १४७५ वटा यूएभी पत्ता लगाएको र अधिकांश नष्ट गरेको जनाएको छ।

२६ फागुन, काठमाडौं । इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणका कारण संयुक्त अरब इमिरेट्स (यूएई) मा हालसम्म ६ जनाको मृत्यु भएको छ भने १२२ जना घाइते भएका छन् । मृत्यु हुनेहरूमा एक जना नेपाली, २ जना पाकिस्तानी, १ जना बंगलादेशी र १ जना यूएईको नागरिक रहेका छन् ।

यूएईको रक्षा मन्त्रालयले हरेक दिन घटनाबारे जानकारी दिने गरेको छ । अहिलेसम्म आक्रमणमा परेर घाइते भएकामध्ये केही नेपालीहरू समेत परेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ति मध्ये अधिकांशको अवस्था सामान्य रहेको बताइएको छ ।

त्यस्तै, अन्य घाइते हुनेहरूमा यूएईसहित इजिप्ट, सुडान, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, इरिट्रिया, लेबनान, अफगानिस्तान, बहराइन, कोमोरोस, टर्किए, इराक, नाइजेरिया, ओमान, जोर्डन र प्यालेस्टाइनका नागरिक रहेका छन् ।

यूएईको मन्त्रालयका अनुसार मंगलबार मात्रै यूएईको वायु रक्षाले ९ वटा ब्यालिस्टिक मिसाइल पत्ता लगाएको थियो । तीमध्ये ८ वटा मिसाइल नष्ट गरिएको र एउटा समुद्रमा खसेको जनाइएको छ । त्यस्तै ३५ वटा मानवरहित हवाई साधन (यूएभी) पत्ता लागेका मध्ये २६ वटा खसालिएको र ९ वटा यूएईको भूभागभित्र खसेका छन् ।

इरानी आक्रमण सुरु भएयता कुल २६२ वटा ब्यालिस्टिक मिसाइल पत्ता लागेको मन्त्रालयले जनाएको छ । तीमध्ये २४१ वटा नष्ट गरिएको, १९ वटा समुद्रमा खसेको र २ वटा यूएईको भूभागभित्र खसेका छन् ।

त्यस्तै हालसम्म १ हजार ४७५ वटा इरानी यूएभी पत्ता लागेका छन् । तीमध्ये १ हजार ३८५ वटा वायु रक्षाले रोक्न सफल भएको तथा ९० वटा यूएईको भूभागभित्र खसेको जनाइएको छ । यसबाहेक ८ वटा क्रुज मिसाइल पनि पत्ता लगाएर नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

यूएईको रक्षा मन्त्रालयले देशको सुरक्षा सुनिश्चित गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको र राष्ट्रिय सार्वभौमसत्ता तथा स्थिरता कमजोर पार्ने कुनै पनि प्रयासको कडा जवाफ दिने जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?