News Summary
Generated by OK AI. Editorially reviewed.- इरानको मिसाइल आक्रमणमा यूएईमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव परिवारलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी हस्तान्तरण गरिएको छ।
- परराष्ट्र मन्त्रालयले मृतक श्रेष्ठको परिवारलाई आवश्यक क्षतिपूर्ति दिने प्रक्रिया सुरु भइसकेको जानकारी गराएको छ।
- मध्यपूर्वमा रहेका नेपाली नागरिक सुरक्षित रहेको र उनीहरूको सुरक्षाका लागि सरकार गम्भीर रहेको परराष्ट्र मन्त्रालयले बताएको छ।
२७ फागुन, काठमाडौं । इरानको मिसाइल आक्रमणमा यूएईमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव परिवारलाई हस्तान्तरण गरिएको छ ।
बुधबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतक श्रेष्ठको शव परिवारलाई हस्तान्तरण गरिएको जानकारी गराएको हो ।
कार्यक्रममा बोल्दै मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले श्रेष्ठको परिवारलाई आवश्यक क्षतिपूर्ति दिने प्रक्रिया समेत सुरु भइसकेको जानकारी दिए ।
उनले मध्यपूर्वमा बढ्दो तनावबारे परराष्ट्र मन्त्रालय, विदेशस्थित नेपाली नियोग तथा राजदुतावासहरूमार्फत जानकारी एवं ट्राभल एड्भाइजरी जारी गर्ने कार्य भइरहेको जानकारी दिए ।
‘इरानको आक्रमणमा परी यूएईमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको पार्थिव शरीर नेपाल ल्याएर आवश्यक कानूनी प्रक्रिया पूरा गरी परिवारलाई हस्तान्तरण गरिएको छ । परिवारलाई आवश्यक क्षतिपुर्ती दिने प्रक्रिया समेत सुरु भएको छ,’ महाशाखा प्रमुख खड्काले भने ।
मृतक श्रेष्ठ गोरखाको भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङ थान्तीका हुन् । उनी यूएईमा सुरक्षा गार्डको रूपमा कार्यरत थिए ।
खड्काले मध्यपूर्वमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको जानकारी गराउँदै उनीहरूको सुरक्षाका लागि सरकार गम्भी रहेको समेत बताए ।
प्रतिक्रिया 4