+
+
Shares

पोखराका मेयर आचार्यले महावीर पुनलाई स्मरण गराए सांसदको भूमिका 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १०:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कास्कीका मेयर धनराज आचार्यले नवनिर्वाचित सांसद महावीर पुनलाई सांसदको भूमिका नीति र कानुन निर्माण गर्ने भएको स्मरण गराएका छन् ।
  • मेयर आचार्यले पुनलाई पुस्तक व्यवसायी महासंघमार्फत् पुस्तक बिक्री गरी भुक्तानी उपलब्ध गराउने प्रस्ताव गरेका छन् ।

२७ फागुन, काठमाडौं । कास्कीको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नवनिर्वाचित सांसद महावीर पुनलाई सांसदको भूमिका स्मरण गराएका छन् । सांसदको भूमिका पुस्तक बिक्री गर्ने नभई देशका लागि नीति र कानुन निर्माण गर्ने भएको मेयर आचार्यको भनाइ छ ।

म्याग्दीबाट प्रतिनिधि सभामा निर्वाचित महावीर पुनले गत सोमबार पोखराको सडक किनारमा उभिएर पुस्तक बिक्री गर्ने क्रममा विवाद भएको थियो । पोखराका मेयर आचार्यले पुनलाई सांसदको भूमिका स्मरण गराउँदै बुधबार फेसबुकमा लेखेका छन्, ‘माननीयज्यू, अब तपाईंको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो र पुस्तक व्यवसायीको भूमिका पुस्तक बिक्री–वितरण गर्ने हो ।’

उनले सांसद पुनलाई पुस्तकको स्टक उपलब्ध गराए पुस्तक व्यवसायी महासंघमार्फत् बिक्री गरेर भुक्तानी उपलब्ध गराउने पनि भनेका छन् ।

‘यदि तपाईंको पुस्तकको स्टक उपलब्ध गराउनु भयो भने हामी महासंघमार्फत् त्यसलाई बिक्री गरी उचित भुक्तानी तपाईंलाई उपलब्ध गराउन सहजीकरण गर्न सक्छौं,’ आचार्यले लेखेका छन् ।

उनले हालसम्म बिक्री–वितरण भएको पुस्तकको विवरण सार्वजनिक गर्न सकिए पारदर्शिता बढ्नुका साथै कर भुक्तानीसम्बन्धी उठ्न सक्ने प्रश्नहरूको पनि सहज जवाफ प्राप्त हुन सक्ने उल्लेख गरेका छन् ।

मेयर आचार्यले पुनको अभियान र उद्देश्यप्रति उच्च सम्मान व्यक्त गर्दै सहयोग र सहकार्यका लागि सदैव तयार रहेको पनि जानकारी गराउन चाहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?