+
+
Shares

डोल्पामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

डोल्पामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १९:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पाको मुड्केचुला गाउँपालिका–३ मा जिप दुर्घटना हुँदा चालक सनमान रोकायोको मृत्यु भएको छ।
  • दुर्घटना मंगलबार साँझ करिब ५:१८ बजे काङ्ग्रे खोलास्थित कच्ची सडक खण्डमा भएको थियो।
  • बा १७ च ३९७० नम्बरको जिप अनियन्त्रित भई ३०–४० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ।

३ चैत, डोल्पा । हिमाली जिल्ला डोल्पामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्लाको मुड्केचुला गाउँपालिका–३ अन्तर्गत काङ्ग्रे खोलास्थित भित्री कच्ची सडक खण्डमा भएको दुर्घटनामा सोही पालिकाको भोटगाउँ घर भई हाल रुकुम पश्चिमको त्रिवेणी बस्दै आएका २३ वर्षीय सनमान रोकायाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार मंगलबार साँझ करिब ५:१८ बजेतिर खर्क गाउँदेखि रुकुम पश्चिमको त्रिवेणीतर्फ जाँदै गरेको बा १७ च ३९७० नम्बरको जिप एक्कासि अनियन्त्रित भई सडकबाट करिब ३०–४० मिटर तल खोलामा खसेको थियो।

प्रहरीका अनुसार जिपमा चालक मात्रै थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?