Comments Add Comment

तराईमा थारु समुदायले आज जितिया पर्व मनाउँदै

३१ भदौ, मोरङ । आज जितिया पर्व । तराईका विभिन्न जिल्लाहरुमा थारु समुदायका महिलाहरुले जितिया पर्व मनाउँदैछन ।

सन्तानको दीघार्यु र सुस्वास्थ्यको कामना तथा शिशुलाई मृत्युबाट जोगाउन यो पर्व मनाउने परम्परा छ ।

आश्विन कृष्णपक्षको सप्तमीदेखि सुरु हुने जितिया पर्व नवमीसम्म मनाउने गरिन्छ । उनीहरु जितियाँको अघिल्लो दिन नजिकको इनार, जलासयमा स्नान गरेर जितियाको सुरुवात गर्ने गर्दछन ।

थारु महिलाहरुले जितियाको अघिल्लो राति ओटघन (दर) खाई ब्रत बस्ने गर्दछन । उनीहरु आजका दिन पानी पनि नखाई दिनभर ब्रत बस्ने गर्दछन । ब्रत बसेको दिन उनीहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका हुन्छन ।

विशेष गरी यो दिन उनीहरु जितमहानको कथा सुन्ने गर्दछन । जितिया पर्वमा जितमहानको कथा सुन्नलाई विवाहित महिलाहरु जाने गर्दछन । जितमहानले गुफा भित्र छिर्ने र निस्कने खेलमा आफ्नो बुवाको नाम थाहा नपाउदा साथीहरुसँग पराजित भएर बुवालाई भेटन जाँदा सुर्य देवता साक्षात्कार भइ वरदान दिएको धार्मिक कथन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment