News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्बाङले राष्ट्रिय खेलकुद परिषद्को बिना शर्त निलम्बन फिर्ता गर्न माग गरेका छन्।
- निर्वाचन स्थगित भएपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेम्बाङले आफूहरु फुटबललाई बिना स्वार्थ सहयोग गर्ने व्यक्तिहरु भएको उल्लेख गरे।
- अध्यक्ष नेम्बाङले नेपालमा पनि अन्तर्राष्ट्रिय खेल संघहरुको विधानलाई समर्थन गर्ने खालको खेलकुद ऐन बनाउनुपर्ने माग गरे।
१३ चैत, काठमाडौं । बिना शर्त निलम्बन फिर्ता गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्बाङले माग गरेका छन् ।
निर्वाचन स्थगित भएपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेम्वाङले निलम्बन फिर्ता गर्न माग गरेका हुन् । आफूहरु फुटबललाई बिनाशर्त, बिना स्वार्थ सहयोग गर्ने व्यक्तिहरु भएको उनले उल्लेख गरे ।
‘हामी फुटबललाई बिना स्वार्थ सहयोग गर्ने व्यक्तिहरू हो । राखेपको यो निलम्बन बिना शर्त फिर्ता हुनुपर्छ’ उनले भने ।
नेम्वाङले फुटबलमा सुशासन कायम गर्न सफल भएको समेत बताए । ‘हामीले फिफाको कन्ट्रोल फन्डिङ रोक्न सफल भएका छौं । यही कुराले प्रमाणित हुन्छ हामी फुटबलमा सुशासन कायम गरेका छौं भनेर’ उनले भने ।
अन्य देशहरुमा अन्तर्राष्ट्रिय खेल संघहरुको विधानलाई सपोर्ट गर्ने खालको खेलकुद ऐन हुने हुँदा नेपालमा पनि सोही किसिमको ऐन बनाउन अध्यक्ष नेम्बाङको माग थियो ।
‘अब बन्ने नयाँ सरकारसँग हाम्रो के अनुरोध छ भने सरकारले अथवा राखेपले विभिन्न खेल संघहरूसँग मिलेर खेलकुदको विकास गर्ने हो’ नेम्वाङले भने ।
नेम्वाङले कार्यसमितिकै केही सदस्यहरूको आग्रहमा अर्ली इलेक्सन घोषणा गरिएको बताए । ‘हाम्रो कार्यसमितिकै केही साथीहरूले पत्रकार सम्मेलन गरेर अर्ली इलेक्सन माग गर्नुभएको थियो । हामीले उहाँहरूकै माग पूरा गरेका हौं’ उनले भने ।
प्रतिक्रिया 4