+
+
Shares

ताप्लेजुङको लोनाक क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु   

रासस रासस
२०८२ चैत १५ गते १३:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • समृद्ध पहाड संस्थाका योजना अधिकृत चन्द्रजङ्ग हमाललाई ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित लोनाक क्षेत्रमा लेक लागेर मृत्यु भएको छ।
  • उनको शव परीक्षणसहित कानुनी प्रक्रिया पूरा गर्न एभरेष्ट एयरको हेलिकप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  • प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार हमाल कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनामा पनि कार्यरत थिए र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

१५ चैत, ताप्लेजुङ । समृद्ध पहाड संस्थामा कार्यरत योजना अधिकृत चन्द्रजङ्ग हमालको लेक लागेर मृत्यु भएको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिकाका ३३ वर्षीय हमालको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित लोनाक क्षेत्रमा कामको सिलसिलामा गएका बेला लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जटाशङ्कर यादवका अनुसार हमाल समृद्ध पहाड संस्थामा योजना अधिकृतका साथै कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनामा पनि कार्यरत थिए ।

कामका लागि उच्च हिमाली क्षेत्रमा पुगेका बेला शनिबार बिहान लेक लागेर बिरामी परेका हमालको सोही क्षेत्रमा मृत्यु भएको उनले जानकारी दिए ।
हमालको शव परीक्षणसहित आवश्यक कानुनी प्रक्रिया पूरा गर्न एभरेष्ट एयरको हेलिकप्टरमार्फत काठमाडौं लगिएको प्रहरी निरीक्षक यादवले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?