+
+
Shares

बाँधेर पत्नीको खुट्टा काट्ने विश्वनाथ पक्राउ

जिल्ला प्रहरी कार्यालयले अमानवीय ढङ्गले हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १५:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्सा जिल्ला प्रहरी कार्यालयले अमानवीय ढङ्गले पत्नीको खुट्टा काटेर फरार रहेका विश्वनाथ सहनीलाई पक्राउ गरेको छ।
  • सहनीले गत चैत १ गते हातखुट्टा बाँधेर पत्नी हरिकलादेवीको बाँया खुट्टाको पैतलाभन्दा माथिको भाग धारिलो हतियारले काटेका थिए।
  • घाइते महिलालाई बारास्थित एलएस न्यूरो अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो।

१५ चैत, वीरगञ्ज (पर्सा) । जिल्ला प्रहरी कार्यालयले अमानवीय ढङ्गले हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई पक्राउ गरेको छ ।

कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार रहेका विश्वनाथ सहनीलाई शनिबार पक्राउ गरिएको जानकारी दिए ।

गत चैत १ गते पर्सागढी नगरपालिका–३ बिरुवा टोलका ३० वर्षीय सहनीले हातखुट्टा बाँधेर पत्नी हरिकलादेवीको धारिलो हतियार प्रयोग गरेर बाँया खुट्टामा पैतलाभन्दा माथिको भाग छिनिने गरी काटेर गम्भीर घाइते बनाएका थिए ।

घाइते महिलाको बारास्थित एलएस न्यूरो अस्पतालमा प्रारम्भिक उपचार गराइएको थियो । रासस

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?