+
+
Shares

कार्यसम्पादन सन्तोषजनक नभए कांग्रेसले समानुपातिक सांसद फिर्ता बोलाउन सक्ने

नेपाली कांग्रेसले समानुपातिक सांसदको भूमिका कमजोर देखिए फिर्ता गर्नसक्ने व्यवस्था गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले समानुपातिक सांसदको भूमिका कमजोर देखिए फिर्ता बोलाउनसक्ने नयाँ प्रावधान लागू गरेको छ।
  • उपसभापति विश्वप्रकाश शर्माले विधानको दफा ४० अनुसार सांसदको जवाफदेहीपन र प्रभावकारिता सुनिश्चित गर्ने व्यवस्था रहेको जानकारी गराउनुभयो।
  • पार्टीले कार्यसम्पादन मूल्यांकन सन्तोषजनक नदेखिएमा सांसदलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने व्यवस्था कार्यान्वयनका लागि निर्देशिका बनाउने तयारीमा छ।

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सांसदको भूमिका कमजोर देखिए फिर्ता गर्नसक्ने व्यवस्था गरेको छ ।

केन्द्रीय कार्यालय सानेपामा हिजोदेखि सुरु भएको ‘संसदीय सचेतना कार्यक्रम’मा उपसभापति विश्वप्रकाश शर्माले कार्यसम्पादन मुल्यांकनमा कमजोर देखिए पार्टीले जुनसुकै बेला फिर्ता बोलाउनसक्ने नयाँ प्रावधान बारे जानकारी गराएका हुन् ।

विशेष महाधिवशेनबाट पारित विधानमा राखिएको नयाँ व्यवस्था अनुसार संसदीय भूमिका कमजोर देखिए फिर्ता हुने बारेमा सांसदहरुलाई शर्माले जानकारी गराएका हुन् । शर्माले विधानको दफा ४० पढेर सांसदलाई सुनाएका थिए । उक्त दफामा पार्टीका तर्फबाट समानुपातिकतर्फ संघ र प्रदेशमा भएका सांसदको संसदीय जिम्मेवारीलाई प्रभावकारी र जवाफदेही बनाउने व्यवस्था छ ।

प्रचलित कानुन विपरीत काम गरेको ठहर भएमा, पार्टीको निर्देशन र मुल्यमान्यता विपरीत काम गरेमा, कार्यसम्पादन मूल्यांकन सन्तोषजनक नदेखिएमामा समानुपातिक सांसदलाई पार्टीले जुनसुकै बेला फिर्ता बोलाउन सक्ने उल्लेख छ ।

निर्वाचन आयोगले दर्ता र स्वीकृति प्रदान गरेको संशोधित उक्त व्यवस्था कार्यान्वयनका लागि पार्टीले सांसदहरु समेतको सुझाव समेटेर निर्देशिका बनाउने उपसभापति शर्माले जानकारी गराए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?