+
+
Shares

नीता ढुंगानाले निर्देशन गर्ने ‘पार्वती’ जनैपूर्णिमामा आउने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'पार्वती' ले छायांकन सुरु नहुँदै १२ भदौदेखि प्रदर्शन हुने मिति घोषणा गरेको छ।
  • निर्देशक नीता ढुंगानाले वितरकसँगको सल्लाह अनुसार प्रदर्शन मिति तय भएको बताउनुभयो।
  • फिल्ममा नीता ढुंगाना, दीपाश्री निरौला, अशोक दर्जी लगायतको अभिनय हुनेछ र छायांकन २४ चैतदेखि सुरु हुनेछ।

काठमाडौं । नीता ढुङ्गाना फिल्म्सको व्यानरमा निर्माण हुने फिल्म ‘पार्वती’ ले छायांकन सुरु नहुँदै प्रदर्शन मिति घोषणा गरेको छ । प्रेषित विवरणमा जनाइएअनुसार, यो फिल्म जनैपूर्णिमा र रक्षाबन्धन छेकोमा १२ भदौदेखि प्रदर्शन हुनेछ ।

छायांकन २४ चैतदेखि सुरु हुने उल्लेख छ । निर्देशक नीता ढुंगानाले वितरकसँगको सल्लाह बमोजिम प्रदर्शन मिति तय भएको बताइन् । शीर्ष भूमिकामा ढुंगाना स्वयम देखिनेछिन् ।

उनीसहित दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी, राजेन्द्र नेपाली, आशा पौडेलको पनि अभिनय हुनेछ । पटकथा शिवम अधिकारीले लेखेका हुन् ।

सुदीप बरालको छायांकन हुने फिल्ममा ‘कार्टुन्ज क्रू’ का डान्सर समेत रहेका सरोज अधिकारीले पहिलोपटक क्रिएटिभ निर्देशकको रुपमा फिल्म यात्रा सुरु गर्दैछन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?