+
+
Shares

डाक्टर जोडीले ल्याए रोमान्टिक गीत ‘सँधै साथमा तिम्रो’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकामा चिकित्सक जोडी सुपेश बस्नेत र रेहा पोखरेलले 'सधैं साथमा तिम्रो' बोलको रोमान्टिक गीत सार्वजनिक गरेका छन्।
  • गीतको म्युजिक भिडियो अमेरिका, अष्ट्रेलिया र न्यूजिल्याण्डका रमणीय स्थानमा खिचिएको छ र सुपेश र रेहाले अभिनय गरेका छन्।
  • गीत गोविन पुनको शब्द र संगीतमा तयार भएको हो र वास्तविक प्रेम कथा प्रस्तुत गरेको गायक सुपेशले बताएका छन्।

काठमाडौं । अमेरिकामा रहेर चिकित्सक पेशामा आबद्ध जोडी सुपेश बस्नेत र रेहा पोखरेलले एक रोमान्टिक गीत सार्वजनिक गरेका छन् । सुपेशको स्वरमा समावेश ‘सधैं साथमा तिम्रो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

‘दुई मुटु, एक यात्रा’ थिम राखेर तयार पारिएको गीतको भिडियोलाई ३ देशमा खिचिएको छ । भिडियोलाई अमेरिका, अष्ट्रेलिया र न्यूजिल्याण्डका रमणीय स्थानमा खिचिएको छ ।

गीतको भिडियोमा श्रीमान् श्रीमतिको रुपमा सुपेश र रेहाले नै अभिनय गरेका छन् । गीतलाई ‘वास्तविक कथा’मा आधारित रहेर तयार पारिएको हो ।

गोविन पुनको शब्द र संगीतमा तयार भएको यो गीतले रेहा र सुपेशको वास्तविक प्रेम यात्रा र जीवनको आरोहलाई प्रस्तुत गरेको छ । विक्रान्तमान श्रेष्ठ र क्रिस्टिना बसिस्टको निर्देशनमा तयार भएको भिडियोमा साहिल खानको सम्पादन, प्रविण श्रेष्ठको पटकथा छ ।

भिडियो छायांकन अष्ट्रेलियामा सौरभ मानन्धर, न्यूजिल्याण्डमा यूरिका फिल्मस् प्रालि र अमेरिकामा पशुपति बस्यालले गरेका हुन् ।

महंगो लागतमा भिडियो तयार पारेका गायक तथा मोडल सुपेश भन्छन्, ‘हामीले पैसाका लागि भन्दा पनि गीतसंगीतप्रतिको अथाहा प्रेमका कारण दर्शकमाझ प्रेमको कोशेली सार्वजनिक गरेका हौं । यो गीत र भिडियोले दर्शकको मन छुनेछ भन्ने विश्वास छ ।’

चिकित्सा पेशामा निकै व्यस्त हुँदा पनि सुपेश र रेहाले गीतसंगीतलाई निरन्तर अगाडि बढाउने बताएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?