१५ चैत, काठमाडौं । नेपाली सैनिक वार कलेज, नगरकोटमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ ।
नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जंग केसीले आइतबार तालिमको सुभारम्भ गरेका हुन् । यो तालिम सि. सं. १४ ब्याच हो ।
नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थितीमा तालिम सुरुवात गरिएको छ । यो तालिमले पेसागत क्षमता, ज्ञान र आत्मविश्वास अभिवृद्धि गर्ने बताइएको छ ।
३५ जना महासेनानी दर्जाका अधिकृत शिक्षार्थीहरुको सहभागिता रहेको यो तालिम नेपालमा सञ्चालन हुने तालिम मध्ये सबैभन्दा उच्चस्तरको हो । २०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा यो तालिम सञ्चालन हुँदै आएको छ ।
यो तालिमबाट हालसम्म ३७५ जना अधिकृत प्रशिक्षित छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4