+
+
Shares

दुई दिनमा सेयर बजारले गुमायो ११९ अंक, सबै सूचक ओर्लिए

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १५:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारमा सोमबार नेप्से ४७.७१ अंकले घटेर २८३१ अंकमा झरेको छ।
  • नयाँ सरकार गठन भएपछिको दुई दिनमा नेप्सेले कुल ११९ अंक गुमाएको छ।
  • आज २६ कम्पनीको मूल्य बढ्दा २३७ कम्पनीको मूल्य घटेको छ र कारोबार रकम १२ अर्ब ९६ करोड रुपैयाँ भएको छ।

१६ चैत, काठमाडौं । सोमबार पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । कारोबारको दोस्रो दिन बजार परिसूचक नेप्से ४७.७१ अंक घटेको छ ।

यो सँगै नयाँ सरकार गठन भएपछिको दुई दिनमा नेप्सेले ११९ अंक गुमाएको छ । अघिल्लो दिन नेप्से ७१ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २८३१ अंकमा झरेको छ । नयाँ सरकार गठन हुनुअघि २ हजार ९५० अंकमा थियो ।

आज बजार खुलेपछि मध्य समयसम्म सम्हालिए पनि त्यसपछि तीव्र ओरालो लाग्यो । बजारसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १५ अर्ब ३ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९६ करोडको भयो । २६ कम्पनीको मूल्य बढ्दा २३७ को घट्यो भने ५ को स्थिर रह्यो ।

बजारका सबै समूहगत सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै २.५६ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ १.८६, विकास बैंक १.२४, फाइनान्स २.००, होटल तथा पर्यटन १.१८, हाइड्रोपावर १.९३, लगानी १.५९, जीवन बीमा १.४०, उत्पादन तथा प्रशोधन ०.२१, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.८२ र अन्य समूह २.१३ प्रतिशत घटे ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन्। सप्तकोशी विकास बैंकको मूल्य ९.८३ प्रतिशत बढ्यो ।

सोलु हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.७९, युनिक नेपाल लघुवित्तको ७.२३, सीवाईसी लघुवित्तको ६.८६, मल्टिपर्पज फाइनान्सको ४.९३ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट, अपी पावर र नेसनल हाइड्रोपावर कम्पनी छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?