+
+
Shares

कांग्रेस विवाद : खड्का-कोइराला समूहको कार्यक्रममा गए यी सांसद

आजमात्रै खड्का-कोइराला समूहले धुम्बाराहीस्थित होटल स्मार्टमा नवनिर्वाचित सांसदहरूलाई बधाई तथा सम्मान कार्यक्रम राखेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १५:२४

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद बढ्न थालेको छ । माघ १ मा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएसँगै नेपाली कांग्रेसभित्र विवाद बढेको हो ।

विशेष महाधिवेशनलाई शेरबहादुर देउवा, शेखर कोइराला समूहले अझै स्वीकार गरेको छैन । पछिल्लो हप्तादेखि कांग्रेसमा समानान्तर गतिविधि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा गगन थापा नेतृत्वको कांग्रेसको बैठकहरू नियमितहरू भइरहेका छन् । यता खड्का-कोइराला समूह भने विभिन्न होटलमा छलफलमा जुट्न थालेको छ ।

आजमात्रै खड्का-कोइराला समूहले धुम्बाराहीस्थित होटल स्मार्टमा नवनिर्वाचित सांसदहरूलाई बधाई तथा सम्मान कार्यक्रम राखेको छ । कार्यक्रममा नेता शेखर कोइराला, पूर्णबहादुर खड्कासहितले सम्बोधन गर्दैछन् ।

कार्यक्रममा उक्त समूहका सांसद तथा नेताहरू सहभागी भएका छन् ।

नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यहरू

विष्णु खड्का, रिना उप्रेती केसी, गंगालक्ष्मी अवाल, सीता थपलिया (उर्मिला), रुक्मिणी कोइराला, निनु कर्ण, हरिनादेवी कामी, सुशीला ढकाल, गीता सेन्दाङ, टेकबहादुर गुरुङ,

राष्ट्रिय सभाका सदस्यहरू

रन्जित कर्ण, गीता देवकोटा, खम्मबहादुर खाती, चन्द्र केसी, जगत तिमिल्सिना

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?