News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थ मन्त्रालयले ३० उपसचिवको भन्सार विभाग, आन्तरिक राजस्व विभाग र मातहतका निकायहरूमा एकसाथ सरुवा गरेको छ।
- कतिपय उपसचिवहरूको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा पनि सरुवा भएको मन्त्रालयले जनाएको छ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि पहिलो पटक उपसचिवहरूको सरुवा भएको हो।
१६ चैत, काठमाडौं । अर्थ मन्त्रालयले एकसाथ ३० उपसचिवको सरुवा गरेको छ । अर्थमा कार्यरत उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरूमा सरुवा भएको मन्त्रालयले जनाएको छ ।
यसबाहेक कतिपय उपसचिवहरूको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि पहिलो पटक उपसचिवहरुको सरुवा भएको हो ।
यस पटक अर्थ मन्त्रालयले पहिलोचोटि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नीति अनुसार मेरिटमा आधारित सरुवा तथा पदस्थापन गरेको हो । १५ चैतको मन्त्रीस्तरीय निर्णयबाट सरुवा गरिएको हो ।
मेरिट अनुसार पहिलो हुनेले पहिले पोस्टिङ छान्ने, दोस्रोले बाँकी २९ मध्येको ठाउँ छान्ने विधि अपनाइएको मन्त्रालयले जनाएको छ ।
मेरिटमा तेस्रो हुनेले बाँकी रहेको २८ बाट छान्ने विधि अनुसार यो बढुवापछिको पदस्थापन भएको मन्त्रालयको भनाइ छ । मेरिटको अन्तिममा भएकाले अरूले छाडेको र बाँकी रहेको ठाउँमा जानुपर्ने हुन्छ । रोजेको र आकर्षक भनिएको ठाउँमा पदस्थापन हुन यो विधि अनुसार अब अब्बल हुनुपर्ने भएको छ ।



प्रतिक्रिया 4