+
+
Shares

ओली र लेखकको पक्राउमा एउटै बेहोराका दुई आदेश

‘कार्की आयोगको प्रतिवेदन मगाउनू, पक्राउको औचित्य पुष्टि गर्नू’

आदेश अनुसार, सर्वोच्च अदालत प्रशासनले अब दुईवटै निवेदन एकसाथमा सुनुवाइ गर्नुपर्नेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते २१:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गैरकानुनी थुनाको विषयमा एउटै बेहोराको कारण देखाउ आदेश जारी गरेको छ।
  • न्यायाधीश मेघराज पोखरेल र कुमार रेग्मीको इजलासले दुवै निवेदन एकसाथ सुनुवाइ गर्न सर्वोच्च प्रशासनलाई निर्देशन दिएको छ।
  • आदेशमा ओलीलाई जरुरी पक्राउ पुर्जी जारी गर्नुपर्ने अवस्था छ कि छैन भनी लिखित जवाफ मागिएको छ र कार्की आयोगको प्रतिवेदन पेश गर्न भनिएको छ।

१६ चैत, काठमाडौं । सर्वोच्च अदालतले गैरकानुनी थुनामा परेको दाबी गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको हकमा एउटै बेहोराको ‘कारण देखाउ आदेश’ जारी गरेको छ ।

न्यायाधीश मेघराज पोखरेल र कुमार रेग्मीको छुट्टाछुट्टै इजलासले जारी गरेको कारण देखाउ आदेशले जोड दिएको विषय र माग गरेका फाइल मिल्दोजुल्दो छन् ।

आदेश अनुसार, सर्वोच्च अदालत प्रशासनले अब दुईवटै निवेदन एकसाथमा सुनुवाइ गर्नुपर्नेछ ।

न्यायाधीश मेघराज पोखरेलको इजलासले ओलीलाई जरुरी पुर्जी नै जारी गरेर पक्राउ गर्नुपर्ने अवस्था थियो कि थिएन भनी प्रश्न उठाएको हो ।

आदेशमा भनिएको छ, ‘निवेदकलाई जरूरी पक्राउपूर्जि जारी गर्नुपर्ने उल्लिखित दफाको पूर्वावस्था रहे/नरहेको के हो ? जवाफ आउने गरी लिखितजवाफ पेस गर्न लगाउनू ।’

न्यायाधीश पोखरेलले पूर्वगृहमन्त्रीको निवेदनमा अर्का न्यायाधीश कुमार रेग्मीले दिएको आदेशमा झैं कार्की आयोगको प्रतिवेदन पेश गर्नू र इजलासमा देखाएर लैजानू भनेका छन् ।

अनि उस्तै प्रकृतिको विषयवस्तुमा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको र त्यो विरुद्धको निवेदन समेत रहेको भन्दै सर्वोच्च अदालतले दुवैलाई एकसाथ पेश गर्न आदेश दिएको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?