+
+
Shares

निजी क्षेत्रका समस्या समाधानका लागि व्यवसायीको एकता अपरिहार्य छ : राजेन्द्र मल्ल

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीच एकता अपरिहार्य रहेको बताएका छन्।
  • मल्लले नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण सभामा हुने निर्वाचनमा सबै उम्मेदवार सक्षम रहेको उल्लेख गर्दै शुभकामना व्यक्त गरेका छन्।
  • उनले निर्वाचनपछि हार–जित स्वाभाविक भए पनि सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने र निजी क्षेत्रका संघ–संस्थाबीच सहकार्यले अर्थतन्त्रलाई सही दिशामा लैजान सक्ने विश्वास व्यक्त गरेका छन्।

१७ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण सभामा हुने निर्वाचनमा वस्तुगत तर्फका कार्यकारिणी समिति सदस्यहरुको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

महासंघको आगामी निर्वाचन प्रक्रियालाई लक्षित गर्दै मल्लले सबै उम्मेदवारहरू सक्षम रहेको उल्लेख गर्दै शुभकामना व्यक्त गरे ।

निर्वाचनमा हार–जित स्वाभाविक प्रक्रिया भएको तर निर्वाचनपछि सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । उनले निजी क्षेत्रका विभिन्न संघ–संस्थाहरूबीचको सहकार्यले मात्रै देशको अर्थतन्त्रलाई सही दिशामा लैजान सक्ने विश्वास व्यक्त गरे ।

‘आजको आवश्यकता भनेकै उद्यमी व्यवसायीको एकता हो । यो चुनाव हुन्छ, कोही हार्लान् कोही जित्लान्, तर चुनाव सकिएपछि हामी हातेमालो गरेर सँगै जानुपर्छ,’ मल्लले भने, ‘हामीले विगत धेरै वर्षदेखि सहकार्य गरिरहेका छौं र यही रूपले हामी सहकार्य गरेर अगाडि बढ्नेछौं ।’

नेपालको निजी क्षेत्रले हाल भोगिरहेको कठिन परिस्थितिको सामना गर्न सबै एकजुट हुनुपर्ने उनको भनाइ छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?