+

आरिफ र राशिदको शानदार शतकीय साझेदारीमा पुलिसले कोशीलाई हरायो

२०८२ चैत  १७ गते १५:०३ २०८२ चैत १७ गते १५:०३
आरिफ र राशिदको शानदार शतकीय साझेदारीमा पुलिसले कोशीलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पुलिस क्लबले कप्तान आरिफ शेख र राशिद खानको १५४ रनको साझेदारीमा कोशी प्रदेशलाई हराउँदै पीएम कप क्रिकेट प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ।
  • कोशीले दिएको १६३ रनको लक्ष्य पुलिसले ३३.५ ओभरमा ४ विकेटमा पुरा गरेको छ भने पुलिसले ५ खेलमा ७ अंक जोडेको छ।
  • दिनेश खरेलले ७.५ ओभरमा २१ रन दिएर ५ विकेट लिएर पुलिसलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

१७ चैत, काठमाडौं । कप्तान आरिफ शेख र राशिद खानको शानदार शतकीय साझेदारीमा कोशी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लब पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ । पुलिसले ५ खेलमा ७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको हो ।

कोशीले दिएको १६३ रनको लक्ष्य पुलिसले ३३.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । ११-४ को संकटपूर्ण अवस्थाबाट आरिफ र राशिद मिलेर १५४ रनको शानदार साझेदारी गरे । यो पुलिसका लागि पीएम कपकै दोस्रो सर्वाधिक साझेदारी हो ।

आरिफले ७९ बलमा ११ चौका र १ छक्कासहित ८१ रन बनाएर अविजित रहे भने राशिद ९० बलमा ७३ रनमा अविजित रहे । दिनेश खरेललाई २ अनि तीन ब्याटरलाई शून्यमै आउट गरेर सुरुवाती ४ विकेट लिएपनि कोशी त्यसपछि कमजोर देखियो ।

कोशीका लागि बिपिन महतोले २ विकेट लिँदा दिपेश कँडेलले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोशीले ४५.२ ओभरमा अलआउट हुँदै १६२ रन बनाएको थियो । राम्रो सुरुवात गरेपनि कोशी फिनिसिङमा नराम्रोसँग चुक्यो ।

सुमन श्रेष्ठले ४३ तथा अंकित सुवेदीले २६ रन बनाएका थिए । कप्तान सुजन थपलियासँग मिलेर सुमनले ७४ रनको साझेदारी गरेपछि कोशी ४१-२ को अवस्थाबाट ११५-२ सम्म पुग्दा सुमन आउट भए ।

कप्तान सुजन पनि ४८ रनमा रनआउट भएपछि कोशी कोल्याप्स हुन थाल्यो । शिवांश बजगाईले १५ रन बनाउनुबाहेक त्यसपछिका ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । अन्तत: कोशी १६२ रनमा अलआउट भयो ।

पुलिसका लागि अलराउन्डर दिनेश खरेल आजपनि बलिङमा शानदार रहे । उनले ७.५ ओभरमा २१ रन दिएर एक्लैले ५ विकेट लिए। ललित राजवंशी र सागर ढकालले २-२ विकेट लिए।

५ खेल खेल्दा ३ जित र एक हारका साथ पुलिसको ७ अंक छ । एक खेलमा अंक बाँडेको थियो । मधेश र आर्मीको पनि समान ७ अंक छ । नेटरनरेटमा पुलिस अघि छ ।

कोशीले भने ५ खेल खेल्दा चौथो हार बेहोरेको छ । एक खेलमा अंक बाँडेको कोशीले लगातार चौथो हार बेहोरेको हो ।

आरिफ शेख कोशी प्रदेश क्रिकेट नेपाल पुलिस क्लब पीएम कप क्रिकेट राशिद खान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय