+
+
Shares

दम्भ कोही नराखौं, व्यक्तिपिच्छे गतिविधि पहिला पनि भएकै हुन् : वीरबहादुर बलायर  

बलायरलाई पत्रकारले ‘समानान्तर गतिविधि गर्नेलाई संस्थापन पक्षले कारबाही गर्ने तयारी गरेको छ नि ?’ भनेर प्रश्न सोधेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १५:१२

१७ चैत, काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले खड्का–कोइराला पक्षले बोलाएको बैठकलाई अन्यथा नलिन संस्थापन पक्षसँग आग्रह गरेका छन् । मंगलबार खड्का–कोइराला पक्षको बैठकस्थलमा पत्रकारसँग कुराकानी गर्दै बलायरले पार्टीको बारेमा चिन्ता व्यक्त गर्दा आक्रोशित हुनुपर्ने कुनै कारण नभएको बताएका हुन् ।

बलायरलाई पत्रकारले ‘समानान्तर गतिविधि गर्नेलाई संस्थापन पक्षले कारबाही गर्ने तयारी गरेको छ नि ?’ भनेर प्रश्न सोधेका थिए ।

जसको जवाफमा बलायरले भने, ‘त्यो त केही छैन । हिजो व्यक्तिपिच्छे यस्ता गतिविधि भइराख्थे । सबै नेताले गरिराखेका हुन् । अहिले समग्र रूपमा भइरहेको छ । यो कुनै नौलो कुरा होइन । यसलाई धेरै ठूलो रूपमा पनि लिनुहुँदैन ।’

बैठकमा पार्टी एकताको के उपाय हुनसक्छ ? भन्ने विषयमा छलफल भइरहेको उनले बताए । ‘यसमा कुनै पनि पक्षले दंभ नराखिकन बीचको बाटो अपनाएर जानुपर्छ,’ उनले भने, ‘आखिर कांग्रेसको अवस्था कहाँ पुग्यो भन्दा उताको कांग्रेस र यताको कांग्रेस दुवैलाई थाहा होला नि । त्यसैले अहिले हामी बलियो छौँ, अथवा आधिकारिक छौँ भनेर हुँदैन ।’

त्यसैले कांग्रेसको अवस्थाका बारेमा दोहोरो रूपमै चिन्तित हुनुपर्ने अवस्था रहेको उनले बताए । हिजो बीपी कोइरालादेखि अधिकांश नेताको जीवनको उत्तरार्ध राम्रो नरहेको उनले स्मरण गरे ।

‘वास्तविक अवस्थालाई हेरेर नयाँ उपाय निकालेर अगाडि बढ्नुपर्छ भन्ने नै हो,’ बलायरले भने ।

छुट्टै भेलालाई समानान्तर गतिविधि भन्न नमिल्ने पनि उनले बताए । कांग्रेसप्रतिको चिन्ता र चासोबारे कुनै व्यक्ति समूहले छलफल गर्नु अनावश्यक रूपमा लिन नहुने उनले बताए ।

‘यो कुनै छुट्टै पार्टी गठनका लागि भएको भेला होइन । कांग्रेसको चिन्ता व्यक्त गर्न बसेको बैठक हो,’ उनले भने, ‘यसलाई उताका साथले पनि सहज रूपमा लिनुपर्छ । खुइल्याउन खोजेर हुँदैन ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?