News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसँग चुनावी समीक्षा गर्न केन्द्रीय प्रतिनिधि खटाएको छ।
- महामन्त्री प्रदीप पौडेलले चैत १० र ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकअनुसार प्रेस नोट जारी गरी जानकारी दिएका हुन्।
- ७ वटै प्रदेशमा १६५ निर्वाचन क्षेत्रका उम्मेदवारसँग समिक्षात्मक छलफल र क्षेत्रगत अध्ययन गरिनेछ।
१७ चैत, काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य पदका आफ्ना उम्मेदवारसँग चुनावी समीक्षा गर्न केन्द्रीय प्रतिनिधि खटाएको छ । चैत १० र ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकअनुसार आज महामन्त्री प्रदीप पौडेलले प्रेस नोट जारी गरी यसबारे जानकारी दिएका हुन् ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत्र १० र ११ गते सम्पन्न बैठकको निर्णयानुसार निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो सन्दर्भमा ७ वटै प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुसँग निर्वाचन समिक्षात्मक छलफल र केन्द्रीय प्रतिनिधिको उपस्थितिमा १६५ वटै क्षेत्रमा क्षेत्रगत अध्ययन र समीक्षा गरिनेछ,’ पौडेलले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
यी हुन् तोकिएका प्रतिनिधि
कोशी प्रदेश विराटनगर – २०८२ चैत २३ गते डा. डिला संग्रौला पन्त
मधेश प्रदेश जनकपुर – २०८२ चैत २५ गते फरमूल्लाह मंसुर
बागमती प्रदेश हेटौडा – २०८३ वैशाख ७ गते बहादुर सिंह लामा
गण्डकी प्रदेश पोखरा – २०८२ चैत्र २७ गते देवराज चालिसे
लुम्बिनी प्रदेश दाङ – २०८२ चैत्र २९ गते योगेन्द्र चौधरी
कर्णाली प्रदेश सुर्खेत – २०८३ वैशाख ३ गते कर्णबहादुर बुढा
सुदूरपश्चिम प्रदेश कैलाली – २०८३ वैशाख ५ गते प्रकाश रसाइली स्नेही
प्रतिक्रिया 4