+

गौरीशंकर सुपर लिग टी–२० क्रिकेट २९ चैतदेखि

२०८२ चैत  १७ गते १८:०८ २०८२ चैत १७ गते १८:०८
गौरीशंकर सुपर लिग टी–२० क्रिकेट २९ चैतदेखि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोलखा जिल्ला क्रिकेट संघले २९ चैतदेखि गौरीशंकर सुपर लिग टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
  • प्रतियोगितामा देशभरका १८ क्रिकेट क्लब तथा एकेडेमी सहभागी हुनेछन् र विजेताले १ लाख रुपैयाँसहित ट्रफी पाउनेछ ।
  • प्रतियोगिताले युवा खेलाडीलाई प्रतिभा देखाउने अवसर प्रदान गर्ने र विजेता टोलीले वान डे र टु डे खेल खेल्ने अवसर पाउनेछ ।

१७ चैत, काठमाडौं । दोलखा जिल्ला क्रिकेट संघले ‘गौरीशंकर सुपर लिग’ टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिता २९ चैतदेखि ९ वैशाखसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ । करिब ९ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगितामा देशभरका १८ क्रिकेट क्लब तथा एकेडेमीको सहभागिता रहनेछ ।

टी–२० फर्म्याटमा हुने प्रतियोगिताले विशेषगरी युवा खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्ने टेक्निकल हेड रविन्द्र गुप्ताले बताए ।

प्रतियोगितामा विजेताले १ लाख रुपैयाँसहित ट्रफी पाउनेछ भने उपविजेताले ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ बराबरको क्रिकेट ब्याट दिइनेछ ।

प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ट्रफी प्रदान गरिनेछ भने शतक प्रहार गर्ने वा एकै खेलमा ६ विकेट लिने खेलाडीलाई जनही २,१०० रुपैयाँ नगद पुरस्कार दिइनेछ ।

प्रतियोगितामा विभिन्न प्रतिष्ठित क्लब तथा एकेडेमीहरूको सहभागिता रहनेछ । साथै, विजेता टोलीले आयोजक गौरीशंकर क्रिकेट एकेडेमीसँग वान डे र टु डे खेल खेल्ने अवसर पनि पाउनेछ ।

दोलखामा क्रिकेटप्रति आकर्षण बढाउने र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

गौरीशंकर सुपर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय