+
+
Shares

क्याफेमा २० हजार घुस लिँदै गर्दा मालिगाउँ वृत्तका सई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरी वृत्त मालिगाउँका प्रहरी नायब निरीक्षक दिनेश राउतलाई २० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ।
  • उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाउने भन्दै घुस लिएको आरोप छ।
  • पक्राउ गहनापोखरीस्थित ग्रिन स्टार क्याफेबाट साँझ ५ बजे गरिएको हो।

१७ चैत, काठमाडौं । २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् । उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप छ ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । गहनापोखरीस्थित ग्रिन स्टार क्याफेबाट २० हजार घुससहित उनी ५ बजे रंगेहात पक्राउ परेका हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?