+
+
Shares

इरानले कुवेत विमानस्थलमा ड्रोन खसाल्यो, इन्धन ट्यांकीमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानले कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ जसले इन्धन भण्डारण ट्यांकीमा आगलागी गराएको छ।
  • कुवेत नागरिक उड्डयन महानिर्देशनालयका प्रवक्ता अब्दुल्लाह अल–राज्हीले आक्रमणमा मानवीय क्षति नभएको बताएका छन्।
  • फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि क्षेत्रीय तनाव बढेको र इरानले खाडी क्षेत्रका अमेरिकी सहयोगीहरूलाई लक्षित गर्दै आक्रमण बढाएको छ।

१९ चैत, काठमाडौं । कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी इरानले ड्रोन आक्रमण गरेको छ । बुधबार गरिएको ड्रोन आक्रमणबाट इन्धन भण्डारण ट्यांकीमा ठूलो आगलागी भएको छ ।

कुवेतको नागरिक उड्डयन महानिर्देशनालयका प्रवक्ता अब्दुल्लाह अल–राज्हीले विमानस्थलमा इरान र त्यसले समर्थन गरेका सशस्त्र समूहले ड्रोन आक्रमण गरेको बताएका छन् । उनका अनुसार आक्रमणमा इन्धन ट्यांकीमा आगलागी भए पनि मानवीय क्षति भने भएको छैन ।

कुवेतको सरकारी समाचार संस्था कुवेत न्युज एजेन्सी (कुना)ले पनि घटनामा मानवीय क्षति नभएको जनाएको छ ।

यो आक्रमण फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको क्षेत्रीय तनावकै निरन्तरता हो । त्यसपछि इरानले इजरायल र खाडी क्षेत्रका अमेरिकी सहयोगी देशहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण बढाउँदै आएको छ ।

खाडी क्षेत्रमा बढ्दो सैन्य गतिविधिका कारण सुरक्षा अवस्था थप संवेदनशील बन्दै गएको छ ।

घटनापछि विमानस्थल क्षेत्रको सुरक्षा कडा पारिएको छ । आगो नियन्त्रणमा ल्याउने प्रयास जारी छ ।

हालैका दिनमा कुवेत विमानस्थल र त्यहाँ रहेका इन्धन भण्डारण केन्द्रहरूमा पटक–पटक आक्रमण भइरहेका छन् ।

अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व चर्किँदै जाँदा इरानले इजरायलसहित खाडीका ती देशहरूलाई पनि लक्षित गर्दै आक्रमण बढाएको छ, जहाँ अमेरिकी सैन्य अड्डाहरू रहेका छन् ।

यसैबीच, बहराइनमा पनि इरानी आक्रमणका कारण एक व्यावसायिक संरचनामा आगलागी भएको छ । साउदी अरेबियाको रक्षा मन्त्रालयले भने आफ्नो क्षेत्रमा प्रवेश गरेका केही ड्रोनहरूलाई अवरोध गरी नष्ट गरिएको जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?