+
+
Shares

१० वर्षका बालबालिकाले जान्नुपर्ने १० कुरा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १५:१८

बालबालिकाको काम के हो ?

यो प्रश्नमा प्रायको उत्तर हुन्छ– स्कुल जाने, लेखपढ गर्ने, गृहकार्य गर्ने । यी बाट फुर्सद मिल्यो भने खेल्ने ।

प्रायगरी शहरी क्षेत्रका र कतिपय गाउँमै रहने परिवारका बालबालिकामा समेत यस्तै नियम लागू हुन्छ । पढ्नेबाहेक अरू कुरामा उनीहरूले खासै ध्यान दिन आवश्यक छैन भन्ने बुझाइ धेरै अभिभावकको रहन्छ । अन्य काममा मन लगाउँदा पढाइ बिग्रिन्छ भन्ने चिन्ता पनि धेरैलाई हुन्छ ।

तर यस्तो धारणा तथा व्यवहार कत्ति पनि ठिक होइन् । पढाइका अलवा बालबालिकालाई उमेरअनुसार अन्य धेरै कुरा सिकाउनुपर्छ । सानै उमेरदेखि उनीहरूले सक्ने काम लगाउनुपर्छ । यदि बालबालिकालाई उनीहरूको उमेर समूह अनुसारको सीप सिकाइएन भने, उनीहरू आफ्नो उमेरका अन्य बालबालिकाहरूभन्दा पछाडि पर्छन्, जसले गर्दा उनीहरूको उचित वृद्धि र विकासमा असर पर्छ ।

१० वर्ष उमेर पुगेका बालबालिकाले के–के जानुपर्छ त ?

१.सफा गर्ने तरिका

आफ्ना बच्चालाई घर, आफ्नो कोठा कसरी सफा गर्ने भनेर सिकाउनु आवश्यक छ । बालबालिकाहरूले आफ्नो वरिपरिको फोहोर डस्टबिनमा फाल्न जान्नुपर्छ, र यो बानी बन्नुपर्छ ।

२.घर कसरी फर्कने

बालबालिकाहरूलाई आफ्नो घरको ठेगाना थाहा हुनुपर्छ । यदि उनीहरू नजिकै हराएका छन् भने उनीहरूलाई घर कसरी फर्कने भन्ने कुरा पनि थाहा हुनुपर्छ । विशेष गरी, उनीहरूलाई स्कूलबाट घर जाने बाटो थाहा हुनुपर्छ ।

३.आफ्ना लागि खाना बनाउने तरिका

बालबालिकाहरूलाई साधारण चीजहरू कसरी पकाउने भनेर जान्नुपर्छ । कुनै परिस्थितिबस कहिलेकाहीँ केही घण्टाका लागि बालबालिकालाई घरमा एक्लै छाड्नुपर्ने हुन सक्छ । स्कुलबाट आएपछि अभिभावक कामबाट आउन समय लाग्न सक्छ । घरमा सधैँ पाकेको खानेकुरा नहुन सक्छ । यस्तो बेला सामान्य खानेकुराहरू आफैँ पकाएर खान सक्नु बनाउनुपर्छ । भएका खानेकुरालाई तताएर र बनाएर खाने सक्ने गरी सिकाउनुपर्छ ।

४.पैसाको व्यवस्थापन

१० वर्षसम्मका बच्चाहरूलाई पैसा व्यवस्थापनको केही ज्ञान हुनुपर्छ । विशेष गरी, तिनीहरूले आफ्नो पकेट खर्च कसरी बचत गर्ने भनेर जान्नुपर्छ । आफ्ना अभिभावकको आर्थिक अवस्था कस्तो छ त्यो अनुसार खर्च गर्ने बानीको सिक्नुपर्छ ।

५.आफ्नो निर्णय आफैं लिने

१० वर्षको बच्चाले आफ्ना केही निर्णयहरू आफैं गर्न सक्षम हुनुपर्छ । कति बेला होमवर्क गर्ने, कति बेला खेल्ने वा अन्य कुनै काम गर्ने निर्णय आफैँ गर्नसक्ने हुनुपर्छ । मौसमअनुसार कुन कपडा लगाउने, कहाँबाट खाजा किनेर ल्याउने जस्ता कुरामा आफैँ सक्षम हुनुपर्छ ।

६.समय व्यवस्थापन

बालबालिकाहरूलाई आफ्नो समय कसरी व्यवस्थापन गर्ने भनेर सिकाउनुपर्छ । १० वर्षको बच्चाले बिहान उठ्नेदेखि अध्ययन र खेलकुदका लागि समय तालिका बनाउनेसम्मको ज्ञान राख्नुपर्छ ।

७.सामाजिक सीपहरू

बालबालिकाहरूलाई सामाजिक सीपहरू सिकाउनु आवश्यक छ । नयाँ ठाउँमा अपरिचित व्यक्तिहरूको वरिपरि नर्भस महसुस गर्न वा धेरै मानिसहरूबाट लज्जित महसुस गर्नबाट बच्चाहरूलाई रोक्नका लागि, तिनीहरूको सामाजिक अन्तरघुलनका सीप सिकाउनुपर्छ ।

८.व्यक्तिगत सरसफाइको ज्ञान

बालबालिकाहरूले आफ्नो सरसफाइ कसरी गर्ने भनेर जान्नुपर्छ । १० वर्षका बालबालिकाले नुहाउने, राम्रोसँग खाने र आफूलाई सफा राख्ने तरिका जान्नु पर्छ । बालबालिकाहरूलाई आफ्नो जुत्ताको फिता कसरी बाँध्ने र जुत्ता कसरी सफा गर्ने भनेर पनि जान्नुपर्छ।

९.सामानहरूको सदुपयोग गर्न

तपाईंले आफ्नो बच्चालाई रिसाइक्लिङको महत्त्व सिकाउनुपर्छ । पानी कसरी बचत गर्ने, नयाँ चीजहरूमा जोड नदिने र पुराना वस्तुहरू कसरी पुन: प्रयोग गर्ने भनेर सिकाउनु आवश्यक हुन्छ ।

१०.अभिभावकलाई सहयोग गर्ने

अभिभावकले गर्ने काम यदि जोखिमयुक्त छैन भनेर समय मिलेसम्म त्यसमा बालबालिकालाई संलग्न गराउनुपर्छ । जस्तो सरसफाइका काममा उनीहरूलाई संलग्न गराउन सकिन्छ । भान्साको काममा तरकारी केलाउन लगाउने, पखाल्न लगाउने, रोटी बेल्न लगाउने जस्ता हल्का काम सिकाउनु राम्रो हुन्छ । कपडा धुने बेला होस् या खेतबारीमा कुनै बीउहरू रोप्दै छौँ भने पनि यी काम सिकाउनु राम्रो हुन्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?