News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना दिने र सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
- सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको अध्यक्षतामा पहिलो बैठकको कार्यसूचीबारे छलफल भएको थियो।
- रास्वपा सांसद कबिन्द्र बुर्लाकोटीले कार्यव्यवस्थाको संख्याबारे दलभित्र थप सल्लाह आवश्यक रहेको बताए।
१८ चैत, काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
मंगलबार बसेको सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकको कार्यसूचीबारे छलफल भएको थियो ।
छलफलमा भएका विषयबारे जानकारी गराउँदै रास्वपा सांसद कबिन्द्र बुर्लाकोटीले शीर्ष नेताहरूले शुभकामना दिनेबारे पनि छलफल भएको बताए ।
‘पहिलो बैठकमा दलका शीर्ष नेताहरूले शुभकामना दिने कुरा छ । त्यसमा समय निर्धारण गरेर अघि बढ्ने भन्ने कुरा छ,’ उनले भने ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले पनि दलका नेताहरूबाट सम्बोधन हुने बताए ।
‘भोलि पहिलो अधिवेशनको शभारम्भ हो । त्यसमा दलहरूको तर्फबाट मन्तव्य र शुभकामना रहने,’ उनले भने ।
कार्यव्यवस्थाको संख्याबारे भने सल्लाह गर्नुपर्ने सांसद बुर्लाकोटीले बताए ।
‘रास्वपाको संख्या अलि ठूलो भएको र अरु दलका प्रतिनिधि पनि अटाउन पाए हुन्थ्यो भन्ने भएपछि हामीले पनि दलमा छलफल गर्नुपर्ने भयो,’ बुर्लाकोटीले भने ।
प्रतिक्रिया 4