+
+
Shares

एनसेलले दैनिक १०० एमबी डेटा निःशुल्क दिँदै, हरेक साता ५० जीबीसम्म जित्ने मौका

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १५:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनसेलले ग्राहकका लागि एपमार्फत दैनिक १०० एमबी डेटा निःशुल्क दिने अफर सञ्चालनमा ल्याएको छ।
  • ग्राहकले हरेक दिन एनसेल एपको बाई प्याक मेनुमा गई १०० एमबी डेटा निःशुल्क सक्रिय गर्न सक्छन्।
  • एनसेलले साप्ताहिक रुपमा एपमा आधारित गतिविधिमा सहभागी भएर ५० जीबीसम्म डेटा जित्न सकिने 'प्ले एन्ड विन' अफर पनि ल्याएको छ।

१८ चैत, काठमाडौं । एनसेलले ग्राहकका लागि एपमार्फत दैनिक १०० एमबी डेटा निःशुल्क दिने अफर सञ्चालनमा ल्याएको छ । यसका साथै ग्राहकले हरेका साता आकर्षक डेटा भोल्युम पुरस्कार स्वरुप जित्न सक्नेछन् । ग्राहक अनुभव अभिवृद्धि र डिजिटल प्रयोगलाई प्रोत्साहन गर्ने प्रतिबद्धता बमोजिम यो अफर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

‘यस अफरअन्तर्गत सबै ग्राहकले हरेक दिन एनसेल एपको बाई प्याक मेनुमा गई १०० एमबी डेटा निःशुल्क सक्रिय गर्न सक्छन्’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘यसले ग्राहकलाई एपका विभिन्न सुविधा प्रयोग गर्दै सधैं कनेक्टेड रहन मद्दत गर्दछ ।’ यो अफरको उद्देश्य ग्राहकलाई आधारभूत ग्राहक सेवा भन्दा बाहिर गएर डिजिटल जीवनशैली अपनाउन प्रेरित गर्नु रहेको एनसेलले स्पष्ट पारेको छ ।

एनसेल एप डिजिटल माध्यमबाट सजिलै ग्राहकले विभिन्न सेवा लिन सक्ने एक प्लेटफर्म हो, जसले रिचार्ज सेवा, डेटा तथा भ्वाइस प्याक खरिद, अन्य विभिन्न सेवालगायत गेम एकै ठाउँमा उपलब्ध गराउँछ । सहज र छिटो पहुँचमार्फत ग्राहकले यस एपबाट सहज रुपमा सेवा लिन सक्छन् ।

ग्राहक संलग्नता थप बढाउन एनसेलले ‘प्ले एन्ड विन’ अफर पनि ल्याएको छ, जसअन्तर्गत ग्राहकहरूले साप्ताहिक रुपमा एपमा आधारित गतिविधिमा सहभागिता जनाएर ५० जीबीसम्म डेटा जित्न सक्नेछन् । प्रयोगकर्ताहरूले दैनिक रुपमा एपमा गई स्पिन द ह्विल, म्याथ च्यालेन्ज, एनसेल रनर, स्क्राच एन्ड विन जस्ता गेममा संलग्न भई आफ्नो अंक संकलन गर्न सक्छन् ।

‘साताभर संकलन भएको अंकका आधारमा ग्राहकको स्थान निर्धारण गरिन्छ र सोही अनुसार उनीहरुले आकर्षक डेटा पुरस्कारका रुपमा जित्नेछन्’ कम्पनीले भनेको छ ‘प्रत्येक साता कुल ३ हजार ४१० जना ग्राहकले डेटा पुरस्कारका रुपमा प्राप्त गर्नेछन्, जसमा शीर्ष १० जनाले ५० जीबी डेटा प्राप्त गर्नेछन् ।’

उत्कृष्ट १ देखि १० जना ग्राहकले जनही ५० जीबी डेटा प्राप्त गर्नेछन् भने ११ देखि ६० स्थानसम्मका ग्राहकहरूले १० जीबी, ६१ देखि १६० स्थानसम्मका ग्राहकहरूले ५ जीबी, १६१ देखि ४१० स्थानसम्मका ग्राहकहरूले १ जीबी, ४११ देखि ९१० स्थानसम्मका ग्राहकहरूले ५०० एमबी र ९११ देखि ३,४१० स्थानसम्मका ग्राहकहरूले जनही १०० एमबी डेटा पुरस्कार प्राप्त गर्नेछन् ।

यो निःशुल्क डेटा अफर डिजिटल समावेशीकरण तथा ग्राहक संलग्नता अभिवृद्धि गर्ने योजना अन्तर्गत सञ्चालनमा ल्याइएको एनसेलको भनाइ छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?