News Summary
Generated by OK AI. Editorially reviewed.- डिजिटल हिंसामा परेकी अमिसा पराजुलीले साइबर ब्यूरोमा सामाजिक सञ्जालमा आएको धम्की र गालीगलौचको उजुरी दिएकी छन्।
- अमिसाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ विरुद्धको प्रदर्शनमा दिएको अभिव्यक्तिपछि धम्की र बलत्कारसम्म गर्ने किसिमका कमेन्ट आएको बताइन्।
- साइबर ब्यूरोका प्रवक्ता दिलिप गिरीका अनुसार, पराजुलीले बुधबार उजुरी दिएकी हुन् र सम्बन्धितलाई कारबाही हुनुपर्ने माग गरेकी छन्।
१८ चैत, काठमाडौं । डिजिटल हिंसामा परेकी अमिसा पराजुलीले साइबर ब्यूरोमा उजुरी दिएकी छन् । साइबर ब्यूरोका प्रवक्ता दिलिप गिरीका अनुसार, पराजुलीले बुधबार उजुरी दिएकी हुन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ विरुद्ध प्रदर्शनमा आउँदा दिएका अभिव्यक्तिलाई लिएर धाकधम्की आएपछि पराजुलीले उजुरी दिएकी हुन् ।
प्रदर्शनका क्रममा उनले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा गालीगलौच र धम्की दिइएको छ । उनलाई बलत्कारसम्म गर्ने किसिमका धम्कीहरु सामाजिक सञ्जालका कमेन्टमा आइरहेका छन् । त्यस्ता कमेन्ट गर्नेविरुद्ध उनले बुधबार उजुरी दिएकी हुन् ।
अमिसाका अनुसार पनि उनले आफूमाथि आएका अश्लिल र धम्कीपूर्ण कमेन्ट र मेसेज संकलन गरेर राखेकी थिइन् । सोही आधारमा सम्बन्धितलाई कारबाही हुनुपर्ने भन्दै उनले उजुरी दिएकी हुन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4