+
+
Shares

सवारी सास्ती : यात्रुलाई हैरान पार्ने ४८ जना टिकट काउन्टर कर्मचारी पक्राउ

उपत्यका बाहिर जाने यात्रुहरूलाई आफूहरूले भनेकै सवारी साधनमा यात्रा गर्नुपर्छ भनी जबरजस्ती तान्ने, हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेको सूचना प्राप्त हुने गरेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १९:५३

१८ चैत, काठमाडौं । काठमाडौंका टिकट काउन्टरमा बसेर सर्वसाधारण यात्रुलाई हैरान पार्ने ४८ जना काउन्टर कर्मचारी एकैदिन पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परीसर काठमाडौंले बुधबार एक अपरेसन चलाउँदै काठमाडौंका बल्खु, कलंकी र गोंगबु बसपार्कबाट ती ४८ जनालाई पक्राउ गरेको जनाएको छ ।

टिकट काउन्टरका कर्मचारीले उपत्यका बाहिर जाने यात्रुहरूलाई आफूहरूले भनेकै सवारी साधनमा यात्रा गर्नुपर्छ भनी जबरजस्ती तान्ने, हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेको सूचना प्राप्त हुने गरेको प्रहरीले जनाएको छ ।

सोही सूचनाका आधारमा  दिई अभद्र व्यवहार गर्ने गरेको भन्ने सूचनाको आधारमा बल्खुबाट १९ जना, कलंकीबाट २४ जना र नयाँ बसपार्कबाट ५ जना नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?