१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले विशेष महाधिवेशन पक्षधर पुराना सबै सक्किउन र आफ्नो बाटो खुलोस् भन्नेमा रहेको दाबी गरेका छन् । बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा. शेखर कोइराला पक्षधरले राखेको छलफल कार्यक्रममा बोल्दै नेता महतले यस्तो बताएका हुन् ।
‘विशेषवालाहरू पुराना सबै सक्किउन र हाम्रो बाटो खुलोस् भन्नेमा छन्,’ उनले भने, ‘आउने नियमित अधिवेशन सबैको साझा बनाएर गर्ने भए कुरा मिल्नसक्छ, नत्र मिल्दैन ।’
अहिलेको राजनीतिक परिस्थिति कांग्रेसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थामा प्रतिकूल भएको उनले बताए । सरकार र पार्टी सञ्चालनमा पनि केही कमजोरी भएको उनले औँल्याए ।
चुनावमा पनि कांग्रेसलाई ‘पहिलो हुन्छौँ’ भनेर झुक्याएको उनले टिप्पणी गरे ।
प्रतिक्रिया 4