+
+
Shares

प्रकाशमानको प्रश्न- गणेशमानको परिवारको यो हालत छ, गाउँमा बस्ने कार्यकर्ताको के होला ?

‘देशमा डेमोक्रेसी ल्याउने गणेशमान सिंहको परिवारको यो हालत छ, भने जिल्लामा बस्ने कार्यकर्ताको के हाल होला ?’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते २१:४९

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले कांग्रेस अहिलेको हालतमा पुग्नुको कारण विशेष महाधिवेशन रहेको टिप्पणी गरेका छन् । बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अगुवाइमा भएको छलफलमा बोल्दै नेता सिंहले यस्तो टिप्पणी गरेका हुन् ।

‘हामी भदौ २३ र २४ पछि पनि अलि अल्छी भयौं । कांग्रेस अहिलेको अवस्थामा आइपुग्नुको कारण विशेष अधिवेशन नै हो,’ उनले भने । विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई आधिकारिकता दिइसकेपछि आफू पक्षीय नेताले चुनावमा भाग नलिएको भए राम्रो हुने उनले बताए ।

‘निर्वाचन आयोगको निर्णयपछि त्यस्तो निर्णय गर्ने निर्वाचन आयोगले गरेको चुनाव लड्न हुँदैन भनेर मैले सभापति(शेरबहादुर देउवा)लाई भनेको थिएँ,’ उनले भने, ‘निर्वाचन आयोग निष्पक्ष नभएकाले चुनाव लड्नु गलत थियो ।’

अहिले कांग्रेसको अवस्था दयनीय रहेको पनि उनले बताए । उनले भने, ‘देशमा डेमोक्रेसी ल्याउने गणेशमान सिंहको परिवारको यो हालत छ, भने जिल्लामा बस्ने कार्यकर्ताको के हाल होला ?’

भविष्यमा गर्ने निर्णय पनि आफ्नो विचार समूहमा सामूहिक छलफल गरेर निर्णय लिने परिपाटी बसाल्न उनले खड्कासँग आग्रह गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?