+
+
Shares

सेयर बजार ५ अंक बढ्यो, कारोबार घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहीबार नेप्से परिसूचक ५.८२ अंकले बढेर २७८२ अंकमा पुगेको छ।
  • आज ९८ कम्पनीको मूल्य बढेको र १५८ कम्पनीको मूल्य घटेको छ।
  • हालै सूचीकृत ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।

१९ चैत, काठमाडौं । बिहीबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । अघिल्लो दिन ७४.७३ अंक घटेको बजार आज ५.८२ अंक बढेको हो ।

आजको कारोबारपछि नेप्से २७८२ अंकमा कायम भएको छ । आज बजार खुलेपछि केही उतारचढावका बीच दिउँसो १ ः ०७ बजे नेप्से परिसूचक २८०८ अंकसम्म पुग्यो । जुन अंक कारोबार अवधिभरको अधिकतम रह्यो ।

बजारमा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १२ अर्ब १० करोडको कारोबार भएकोमा आज ८ अर्ब ८१ करोडको भयो । ९८ कम्पनीको मूल्य बढ्यो, १५८ को घट्यो भने १२ को स्थिर रह्यो ।

व्यापार सबैभन्दा धेरै २.५३ प्रतिशत बढ्यो । त्यस्तै उत्पादन तथा प्रशोधन १.७६ प्रतिशत, लगानी ०.१५, हाइड्रोपवार ०.०५, होटल तथा पर्यटन ०.३९ तथा विकास बैंक ०.४८ प्रतिशत बढे । बैंकिङ ०.११, फाइनान्स ०.८७, जीवन बीमा ०.१९, माइक्रोफाइनान्स ०.२९, निर्जीवन बीमा ०.३३ तथा अन्य समूह सूचक ०.०२ प्रतिशत घटे ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । हालै बजारमा सूचीकृत भएका ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको हो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।

सप्तकोशी विकास बैंकको ७.४२, श्रीनगर एग्रिटेकको ५.७३ प्रतिशत मूल्य बढ्यो । भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै ३.०६ प्रतिशत घट्यो । क्रेस्ट माइक्रोफाइनान्सको २.६५, अभियान लघुवित्तको २.६२ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र अपी पावर छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?