News Summary
Generated by OK AI. Editorially reviewed.- गण्डकी प्रदेशले पीएम कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशसँग २ विकेटले हार बेहोरेको छ।
- सुदूरपश्चिमले १९१ रनको लक्ष्य ३९ ओभर २ बलमा ८ विकेटको क्षतिमा पूरा गरेको हो।
- बिपिन खत्रीले ५ विकेट लिए पनि गण्डकी प्रदेशको हार टार्न सकेनन्।
१९ चैत, काठमाडौं । बिपिन खत्रीले ५ विकेट लिँदै शानदार बलिङ गरेपनि गण्डकी प्रदेशले पीएम कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशसँग हार बेहोरेको छ ।
बिहीबार वीरगन्जमा भएको खेलमा सुदूरले गण्डकीलाई २ विकेटको रोमाञ्चक जित हासिल गरेको हो । गण्डकीले दिएको १९१ रनको लक्ष्य सुदूरले ३९ ओभर २ बलमा ८ विकेटको क्षतिमा पूरा गरेको हो ।
सुदूरका लागि अभिषेक पालले सर्वाधिक ६६ रन बनाए । ९३ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे । नारायण जोशीले अविजित ४५ रन बनाए ।
बिपिन खत्रीले ५ विकेट लिए भने कृष्ण पौडेल, सुवास भण्डारी र विश्व कार्कीले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ४९ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो । अर्जुन कुमालले सर्वाधिक ४४ रन बनाए भने कप्तान बिपिन खत्रीले ३० रन बनाए ।
सुवास भण्डारीले २४, दीपक डुम्रेले २२ कृष्ण पौडेलले १५ गौरव बिकले १४ तथा सिब्रिन श्रेष्ठले १३ रन बनाए ।
सुदूरका शेर मल्लले १० ओभरमा ४२ रन दिए ५ विकेट लिए । हेमन्त धामी र अशोक धामीले २-२ विकेट लिँदा मिलन बोहोराले १ विकेट लिए ।
प्रतियोगितामा चौथो जित निकालेको सुदूरपश्चिम ५ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । गण्डकीको भने ५ खेलमा ३ अंक छ ।
प्रतिक्रिया 4