+
+
Shares

३४ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, २१ महिनाको वस्तु आयात धान्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकसँग रहेको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब १३ अर्ब रुपैयाँ पुगेको जनाएको छ।
  • मुद्रा सञ्चितिले हालकै आयातलाई आधार मान्दा २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले खुलाएको छ।
  • फागुनसम्म विदेशी मुद्रा सञ्चिति २७.५ प्रतिशतले बढेको र अमेरिकी डलरमा ८ महिनामा १८.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

१९ चैत, काठमाडौं । मुलुकसँग रहेको विदेशी मुद्रा सञ्चिति रकम ३४ खर्ब १३ अर्ब रुपैयाँ बराबर पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय स्थितिअनुसार फागुन मसान्तसम्मको मुद्रा सञ्चितिले हालकै आयातलाई आधार मान्दा २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने छ ।

असार मसान्तसम्मको तुलनामा चालु आवको फागुनसम्म आइपुग्दा नै मुद्रा सञ्चिति २७.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । गत असार मसान्तसम्म मुलुकसँग २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर विदेशी मुद्रा सञ्चिति रहेको थियो ।

अमेरिकी डलरमा हाल मुलुकसँग भएको मुद्रा सञ्चिति २३ अर्ब ८ करोड डलर बराबर हो । अमेरिकी डलरमा मुद्रा सञ्चिति ८ महिनामा १८.३ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार फागुनसम्म रहेको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?