+
+
Shares

रमेश लेखकविरुद्ध पनि २ दिन म्याद थप

नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले २ दिन म्याद थप गरिदिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि अनुसन्धानका लागि २ दिन म्याद थप गरेको छ।
  • जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा लेखकको भूमिकामा ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सिफारिस गरेको थियो।
  • अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि २ दिनको म्याद थप गरेको छ र दुवैलाई चैत १४ गते भक्तपुरबाट पक्राउ गरिएको थियो।

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले २ दिन म्याद थप गरिदिएको छ । न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रको इजलासले थप २ दिन म्याद थपको आदेश गरेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा गृहमन्त्रीको हैसियतमा उनको भूमिकामाथि प्रश्न उठाउँदै जाँचबुझ आयोगले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि २ दिनको म्याद थपको आदेश गरेको छ । ओली र लेखक दुवै जना चैत १४ गते बिहान भक्तपुरबाट पक्राउ परेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?