+

एचजेएनबीएल : टाइम्सविरुद्ध आर्मीको बदला

२०८२ चैत  १९ गते २२:५६ २०८२ चैत १९ गते २२:५६
एचजेएनबीएल : टाइम्सविरुद्ध आर्मीको बदला

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन जाभा नेशनल बास्केटबल लिग २०२६ मा त्रिभुवन आर्मी क्लबले टाइम्सलाई ९९-८५ ले हराउँदै दोस्रो खेलमा ११औं जित हात पारेको छ।
  • आर्मीले पहिलो चरणमा टाइम्ससँग बेहेको हारको बदला लिएको छ र १३ खेलबाट २३ अंक जोडेर दोस्रो स्थानमा छ।
  • प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् र विजेताले नगद ४ लाख पुरस्कार प्राप्त गर्नेछन्।

१९ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बिहीबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

आर्मीले ११औं जित हात पार्ने क्रममा टाइम्सलाई ९९-८५ ले हरायो । यो जितपछि आर्मीले पहिलो चरणमा टाइम्ससँग बेहेको हारको बदला लिएको छ । यसअघि टाइम्सले आर्मीलाई ८०-६८ ले पराजित गरेको थियो ।

आर्मीले १३ खेलबाट गोल्डेनगेट समान २३ अंक जोडेपनि अंकअन्तरमा आर्मी पछि रहँदै दोस्रोमा छ । दोस्रो हार बेहोरेको टाइम्स २२ अंकसहित तेस्रोमा छ। टाइम्स यसअघि पहिलो खेलमै गोल्डेनगेटसँग पराजित भएको थियो ।

यस हारपछि टाइम्सको लगातार १० खेलको विजयी यात्रा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा आर्मीले टाईम्स विरुद्ध पहिलो क्वाटर २९-२६ र दोस्रो क्वाटर २४-२२ ले आफ्नो पक्षमा पार्दै हाफटाइम सम्म ५३-४८ को अग्रता बनाएको थियो ।

त्यसपछि आर्मीले तेस्रो क्वाटर पनि २३-१० ले आफ्नो पक्षमा पार्‍यो । चाैथो क्वाटर टाइम्सले २७-२३ ले आफ्नो पक्षमा पारेपनि आर्मीलाई जितबाट रोक्न सकेन । आर्मीका निश्चल महर्जन प्लेयर अफ दि म्याच घोषित भए । निश्चलले ३१ अंक स्कोर गरेका थिए ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ ।

लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।

पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् ।

यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।

एचजेएनबीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय