News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बैंकर्स संघले भिजा कार्ड कम्पनीसँगको सहकार्यमा सातै प्रदेशमा साइबर सुरक्षा सम्बन्धी जनचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ।
- कार्यक्रमले बैंकिङ क्षेत्रका कर्मचारीलाई साइबर जोखिम, डिजिटल फ्रड र जोखिम न्यूनीकरणका उपायबारे सचेत बनाएको संघले जनाएको छ।
- सातै प्रदेशबाट ३०० भन्दा बढी बैंकका कर्मचारी सहभागी भएर वित्तीय प्रणालीलाई सुरक्षित र सुदृढ बनाउन कार्यक्रम केन्द्रित भएको छ।
२० चैत, काठमाडौं । नेपाल बैंकर्स संघले भिजा कार्ड कम्पनीसँगको सहकार्यमा सातै प्रदेशमा साइबर सुरक्षा सम्बन्धी जनचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैंकिङ सेवाको तीव्र विस्तारसँगै वित्तीय क्षेत्रमा साइबर जोखिम, अनलाइन ठगी तथा डिजिटल फ्रडका घटनाहरू बढ्दै गएका बेला जनचेतना कार्यक्रम गरिएको हो ।
पछिल्लो समय वित्तीय प्रणालीमा देखिएका यस्ता चुनौतीलाई मध्यनजर गर्दै बैंकिङ क्षेत्रका कर्मचारीको क्षमता अभिवृद्धि तथा सचेतना विस्तार गर्न कार्यक्रम केन्द्रित रहेको संघले जनाएको छ ।
प्रदेशस्तरीय कार्यक्रमहरूमा साइबर जोखिमको पहिचान, डिजिटल फ्रडका प्रवृत्ति, तथा जोखिम न्यूनीकरणका उपायहरूबारे विस्तृत छलफल भएको संघले जनाएको छ । साथै बैंकिङ प्रणालीमा सुरक्षित अभ्यासहरू अवलम्बन गर्ने र त्यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सावधानीबारे बैंकका ग्राहकलाई सचेत गराउन कार्यक्रम केन्द्रित रहेको संघले जनाएको छ ।
कार्यक्रममा सातै प्रदेशबाट प्रदेश प्रमुख, शाखा प्रबन्धक लगायत विभिन्न तहका बैंकका कर्मचारी गरी ३०० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रमले समग्र वित्तीय प्रणालीलाई अझ सुरक्षित र सुदृढ बनाउन योगदान दिने संघको भनाइ छ ।
प्रतिक्रिया 4