+
+
Shares

होस्टलमा बालक मृत्यु प्रकरण : स्कुल सञ्चालक र पाले पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीय बालकको शंकास्पद मृत्युमा दुई जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा स्कुल सञ्चालक ४९ वर्षीय धीरेन्द्रप्रसाद चौधरी र पाले ४१ वर्षीय भोला मण्डल रहेका छन्।
  • दुवैमाथि आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धान भइरहेको र घटनामा बालककी आमा ममता साहले कुटपिट र ढिलो खबर गरेको आरोप लगाएकी छन्।

२० चैत, सप्तरी । सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीय बालकको ‘शंकास्पद’ मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खडक नगरपालिका–१० का ४९ वर्षीय धीरेन्द्रप्रसाद चौधरी र सिरहाको लहान नगरपालिका–२० का ४१ वर्षीय भोला मण्डल रहेका छन् ।

चौधरी स्कुलका सञ्चालन हुन् भने मण्डल पालेका रूपमा कार्यरत छन् । पक्राउ परेका दुवैमाथि आत्महत्या दुरुत्साहन कसुरमा ५ दिनको म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले बताए ।

विगत ७ वर्षदेखि होस्टलमा बस्दै आएका खडक–९ लालपट्टीका धर्मेन्द्रकुमार साह ७ चैत शनिबार बिहान झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

घटनापछि स्कुलका सञ्चालक चौधरी र उनकी श्रीमती शोभा, पाले मण्डललगायतले धमेन्द्रलाई अस्पताल पुर्‍याएर मात्रै परिवारजन र प्रहरीलाई जानकारी गराएका थिए ।

बालककी आमा ममता साहले छोरालाई स्कुलका सञ्चालक चौधरीकी श्रीमती शोभासहितले कुटपिट गरेको, ढिलो गरी घटनाबारे खबर गरेको र सीसीटीभीसमेत घटनाको बेला बन्द राखेकाले ‘शंकास्पद’ रहेको दाबी गर्दै आएकी छन् ।

तर, प्रहरीले शोभालाई अहिलेसम्म नियन्त्रणमा लिएको छैन । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?