+
+
Shares

श्रम संस्कृति पार्टीको संसदीय दलको नेता हर्क साम्पाङ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १३:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका हर्कराज राई (हर्क साम्पाङ) संसदीय दलको नेता नियुक्त भएका छन्।
  • साम्पाङले प्रतिनिधिसभाको बैठकमा २७ बुँदामा जनताका माग प्रस्तुत गरेका छन्।
  • साम्पाङले एमसीसी खारेज, सम्पत्ति छानबिन, र जीवन उपयोगी शिक्षा लागु गर्न सुझाव दिएका छन्।

२० चैत, काठमाडौं । श्रम संस्कृति पार्टीको संसदीय दलको नेताको जिम्मेवारी पार्टीका हर्कराज राई (हर्क साम्पाङ) ले सम्हाल्ने भएका छन् ।

साम्पाङले बिहीबार प्रतिनिधिसभाको बैठकलाई गरेको सम्बोधनको कपि सार्वजनिक गरेका छन् । जसमा साम्पाङलाई अध्यक्ष तथा संसदीय दलको नेता भनिएको छ ।

बिहीबार प्रतिनिधिसभा २०८२ को पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो । उक्त बैठकलाई सम्बोधन गर्दै साम्पाङले जनताका माग के कस्ता रहेका छन् भनेर २७ बुँदा प्रस्तुत गरेका थिए ।

जसमार्फत देशको स्वाधीनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धि एमसीसी खारेज गर्न माग गरिएको छ ।

पृथ्वी रहुन्जेल नेपाल रहनुपर्ने र नेपालको झण्डा सूर्य र चन्द्रमा अंकित झन्डा हुनुपर्ने भनिएको छ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गर्दै उनले यसको सुरुवात मन्त्रिपरिषद्का सदस्य र प्रतिनिधिसभा सदस्यहरूबाट गर्न आग्रह गरे ।

एक पालिका एक उद्योग, एक परिवार, एक रोजगारीको योजनासहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका छन् । विद्यार्थी संगठन, कर्मचारीमा ट्रेड युनियन रहने वा नरहने जस्ता विषयमा सुझबुझपूर्ण रूपमा कदम चाल्न आग्रह गरेका छन् ।

नयाँ सरकारको नीतिमा जीवन उपयोगी शिक्षा हुनुपर्ने उनको आग्रह छ । यी काम भए सरकारलाई साथ दिने नभए खबरदारी गर्ने उनको प्रतिबद्धता छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?