+
+
Shares

रुकुमपूर्वमा एक्साभेटर दुर्घटना

सडक निर्माण गरिरहेको रा १ क १०८३ नम्बरको एक्साभेटर भिरतर्फको माटो भासिँदा करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

बालाराम शेर्पाली बालाराम शेर्पाली
२०८२ चैत २० गते १६:३८

२० चैत, रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–८ चारगाउँमा एक्साभेटर दुर्घटना भएको छ । सडक निर्माण गरिरहेको रा १ क १०८३ नम्बरको एक्साभेटर भिरतर्फको माटो भासिँदा करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार शुक्रबार दिउँसो करिब १ : ५५ बजे चारगाउँको गरालीदेखि चुमा जोड्ने सडक खन्ने क्रममा दुर्घटना भएको हो ।

दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ । एस्काभेटर चालक जाजरकोटको नलगाड नगरपालिका–६ का २६ वर्षीय शशी बिक सकुसल छन् । प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ ।

दुर्घटनामा एस्काभेटर पश्चिम रुकुम कन्स्ट्रक्सन प्रालिको रहेको खुलेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
बालाराम शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?