+
+
Shares

प्रधानमन्त्रीलाई स्याङ्जा–२ का सांसद झविलालले गराए यी विषयमा ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १८:०१

२० चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकीबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरूसँग छलफल गर्दा शुक्रबार डुम्रेले भैरहवा–पोखरा सडक खण्डको स्तरोन्नतीको विषय राखेका हुन् । राजमार्गको स्तरोन्नती बारम्बार बजेट भाषणमै सीमित हुँदा कार्यान्वयन हुन नसकेको बताए ।

सिद्धार्थ राजमार्गको स्तरोन्नति हुँदा स्याङ्जा, पाल्पा, रुपन्देही, कपिलवस्तु र कास्की जिल्लाको आर्थिक विकास र पर्यटन प्रवर्द्धनमा योगदान पर्‍याउने जानकारी गराए ।

स्याङ्जा क्षेत्र नं २ नागरिक मध्यम र जटिल खालको उपचारका लागि पाल्पा र पोखरा जानुपर्ने वाध्यता बारे प्रधानमन्त्री बालेनलाई जानकारी गराए ।

वालिङमा रहेको स्वास्थ्य चौकिमा थप जनशक्ति नियुक्ति गर्नुपर्ने, स्वास्थ्य चौकीको भौतिक संरचना सुधार गरी उपचार सुविधा दिगो बनाउनु पर्नेप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

पहाडी जिल्लामा बादर नियन्त्रणका लागि दीर्घकालीन योजनाप्रति प्रधानमन्त्रीको तदरुकताका लागि आग्रह गरे । उत्पादित फलफूलका लागि शित भण्डार आवश्यक रहेको उनले सुनाए ।

आधिखोला हाईड्यामको विषयमा अस्पष्टता रहेको हुँदा जनतालाई यस परियोजनाबारे स्पष्ट पार्न आवश्यक रहेको प्रधानमन्त्रीलाई जानकारी गराए ।

स्याङ्जा–२ स्वरेकमा रहेको नेपालको पहिलो प्याराग्लाइडिङ स्कूलको संरक्षण र प्रवर्द्धनको आवश्यकता बारे प्रधानमन्त्रीलाई जानकारी गराए । स्याङ्जा–ं २ को विकासका लागि भौतिक पूर्वाधार, स्वास्थ्य, कृषि, नदी संरक्षण, पर्यटन र शिक्षा सुधारमा ठोस पहल आवश्यक रहेको र त्यसप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?