२० चैत, काठमाडौं । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले शुक्रबार अग्रवाललाई पक्राउ गरेको स्रोतले जनाएको छ ।
अग्रवाल शुक्रबार दिउँसै पक्राउ परेको स्रोतले बतायो । अग्रवालसँग सम्पत्ति शुद्धीकरण विभागले दिउँसो ४ बजेबाट बयान लिएर अहिले राति नेपाल प्रहरीको जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ ।
ललितपुर परिसरका प्रवक्ता एसपी गाैतम मिश्रले अग्रवाल परिसरकाे हिरासतमा रहेकाे पुष्टि गरे । ‘उहाँलाई हामीले पक्राउ गरेका होइनौं, सम्पत्ति शुद्धीकरण विभागले हिरासतमा राख्न पठाएको हो,’ उनले भने ।
प्रतिक्रिया 4