+
+
Shares

निर्वाचनबारे शेखर कोइरालाको निष्कर्ष : हारको कारण ‘स्वीङ भोट’

'वामपन्थीसँग होइन अबको लडाइँ लिबरल डेमोक्रेटसँग'

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २१ गते १३:०८

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयलाई ‘स्वीङ भोट’ को संज्ञा दिएका छन् ।

शनिबार काठमाडौंस्थित वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

भर्खरै सम्पन्न निर्वाचनमा मतदाताले पार्टी नछोडी मतमात्रै फेरेको दाबी गर्दै कोइरालाले अब मत ‘सिफ्ट’ हुन दिननहुने बताए ।

उनले संसद्मा कांग्रेसको उपस्थिति कमजोर हुनुमा जनताको चाहना र नयाँ राजनीतिक ‘हावाहुरी’ लाई बुझ्न नसक्नु मुख्य कारण रहेको बताए । ‘धेरैले भन्छन् कसरी हार्‍यो, के गर्‍यो, के भो भनेर’, नेता कोइरालाले भने, ‘हावाहुरी–हुण्डरीहरू आयो, हामीले बुझ्नै सकेनौं भने पनि हुन्छ ।’
अबको लडाइँ वामपन्थीसँग भन्दा पनि ‘लिबरल डेमोक्रेट्स’हरूसँग हुने भएकाले संगठन बलियो बनाउनुपर्नेमा कोइरालाले जोड दिए । ‘पहिले–पहिले हाम्रो लडाइँ वामपन्थीहरूसित हुन्थ्यो, सजिलो थियो । अबको लडाइँ लिबरल डेमोक्रेट्सहरूसित छ’, उनले भने, ‘त्यो लडाइँमा हामी पछि पर्नुहुँदैन भन्ने मलाई लाग्छ । हाम्रो संगठन छ र हामी गर्न सक्छौं भन्ने विश्वास मैले लिएको छु ।’

नेता कोइरालाले सुरूदेखि नै आफूले केन्द्रीय कार्यसमितिको निर्णयबाट विशेष अधिवेशनमा जानुपर्ने अडान राखेको स्मरण पनि गराए ।

विशेष अधिवेशनबाट गगन थापा सभापति भएको सन्दर्भ जोड्दै उनले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिएको मुद्दाको किनारा लाग्न बाँकी रहेको बताए ।

अदालतको प्रक्रिया जे–जस्तो भए पनि पार्टीलाई एकतावद्ध बनाउन आफू अन्त्यसम्म लागिरहने नेता कोइरालाले प्रतिवद्धता जनाए । ‘मुद्दाको छिनोफानो भोलिदेखि सुरु होला । अब कति दिन लाग्ने हो । समय लाग्छ लाग्दैन’, उनले भने, ‘तर, नेपाली कांग्रेसलाई एक ढिक्का बनाउन, एक ठाउँमा ल्याउन म अन्त्यसम्म प्रयास गर्नेछु ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?