+
+
Shares

रोल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १२:०४

२२ चैत, रोल्पा । सुनिलस्मृति गाउँपालका-२ भालुबाङ-सुलिचौर खडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

खुङग्रीबाट सुलिचौरतर्फ जाँदै गरेका दुई मोटरसाइकल एक्लेपिपलस्थित सडकमा ठोक्किंदा सुनिलस्मृति गाउँपालिका-२ कै २७ वर्षीय मनोज मरमथानीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसा आज बिहान ८ बजेको समयमा रा६प ५५२७ नम्बरको मोटरसाइकल र रा३प १०१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा १८ वर्षीय साइमन सेन ठकुरी, १८ वर्षकै अर्पण शाह ठकुरी र १६ वर्षीय हिमाल चन्द घाइते भएका छन् । साइमनको टाउकोमा गम्भीर चोट लागेकोले उपचारका लागि बुटवल रिफर गरिएको छ ।

घाइते भएका अर्पण र हिमाल एसईई दिइरहेका विद्यार्थी हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?