+
+
Shares

‘ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १२:५६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को पाँचौँ संस्करण बैशाख १५ देखि १७ गतेसम्म सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजना हुने भएको छ।
  • महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित ५० भन्दा बढी फिल्म आवेदन प्राप्त भएका छन्।
  • निर्णायक मण्डलले छनोट गरेका फिल्म प्रदर्शन गरिने र उत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ।

काठमाडौं । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को पाँचौँ संस्करण आगामी बैशाख १५ देखि १७ गतेसम्म आयोजना हुने भएको छ । नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित कथानक फिल्मलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको महोत्सव यसपटक मधेश प्रदेशको सर्लाहीस्थित चन्द्रनगर गाउँपालिकामा हुनेछ ।

महोत्सव आयोजनाबारे चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाबीच सहमति भएको जनाइएको छ ।

“हिमाल, पहाड, तराई कोही छैन पराइ” भन्ने मूल नारालाई आत्मसात गर्दै विगतका संस्करण पहाडी क्षेत्रमा सफलतापूर्वक सम्पन्न गरिएको महोत्सव यसपटक तराईमा विस्तार गर्न लागिएको आयोजकले जनाएको छ ।

महोत्सवका लागि आह्वान गरिएका नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित फिल्मतर्फ फिचर, सर्ट तथा विभिन्न भाषाभाषीका फिल्म गरी ५० भन्दा बढी आवेदन प्राप्त भएका छन् । तीमध्ये निर्णायक मण्डलबाट छनोट गरिएका फिल्म महोत्सवमा प्रदर्शन गरिनेछन् भने उत्कृष्टलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।

मनोनयन सूची आगामी साता घोषणा गरिने भएको छ । यसअघि गोरखाको लाप्राक, काभ्रेपलाञ्चोकको भकुण्डेबेसी, रामेछाप र रसुवामा महोत्सव सम्पन्न भएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?