+
+
Shares

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हेर्दाहेर्दैमा

कपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ।
  • सुनुवाइ आइतबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा भएको थियो र अब सोमबारका लागि पुनः तय गरिएको छ।
  • भदौ २३ र २४ गतेको जेनजी आन्दोलन घटनाको छानबिनका लागि गठित आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अनुसन्धान सिफारिस गरेको थियो।

२२ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । आज आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो ।

आज सुनुवाइ नसकिएपछि सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले जानकारी दिएको छ ।  भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीविरुद्ध अनुसन्धानका गर्न सिफारिस गरिएको थियो ।

उनीहरू दुवै जना चैत १४ गते पक्राउ परेका थिए । ओलीको तर्फबाट पत्नी राधिका शाक्य र लेखकको तर्फबाट पत्नी यशोधा थापाले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?