+
+
Shares

‘ग्यालेक्सी ए५७ ५जी’ र ‘ग्यालेक्सी ए३७ ५जी’ सार्वजिनक गर्दै सामसङ नेपाल, प्रिअर्डर सुरु

यी दुवै सेटको प्रिअर्डर नेपालमा ५ देखि १८ अप्रिलसम्म (स्टक उपलब्धतासम्म) खुला रहने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १७:५५

२२ चैत, काठमाडौं । सामसङ नेपालले नयाँ ए सिरिज- ‘ग्यालेक्सी ए५७ ५जी’ र ‘ग्यालेक्सी ए३७ ५जी’ को प्रिअर्डर खुला गरेको छ ।

यी डिभाइसमा थप आकर्षक डिजाइन, स्मार्ट क्यामरा प्रणाली र उन्नत सफ्टवेयर टुल समावेश छन् । पेसेवर, विद्यार्थी वा दैनिक प्रयोगकर्ताका लागि नयाँ ग्यालेक्सी ए सिरिज दैनिक काम अझ सहज रूपमा गर्न डिजाइन गरिएको हो । यी दुवै सेटको प्रिअर्डर नेपालमा ५ देखि १८ अप्रिलसम्म (स्टक उपलब्धतासम्म) खुला रहने छ ।

यसै सन्दर्भमा सामसङ नेपालका वरिष्ठ निर्देशक प्रणयरत्न स्थापितले भने, ‘नयाँ ग्यालेक्सी ए सिरिजले एआईलाई सबै प्रयोगकर्तासम्म पुर्‍याउने हाम्रो प्रतिबद्धता झल्काउँछ, सामसङको मुख्य क्षमतासँग असम इन्टिलिजेन्स थपिएपछि ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जीले दैनिक प्रयोगका लागि विश्वसनीय प्रदर्शन दिने छ, साथै २४ महिनासम्मको ईएमआई सुविधा ल्याएर हामीले अत्याधुनिक प्रविधिलाई अझ सहज रूपमा पहुँचयोग्य बनाएका छौं ।’

मुख्य विशेषता

दैनिक जीवनका लागि असम इन्टिलिजेन्स

वान यूआई ८.५ द्वारा सञ्चालित यी फोनमा सामसङको उन्नत असम इन्टिलिजेन्स उपलब्ध छन् । भ्वाइस ट्रान्स्क्रिप्सनले रेकर्डिङ, कल र भ्वाइस मेललाई टेक्स्टमा रूपान्तरण गर्छ । एआई सेलेक्टले स्क्रिनमा देखिएका वस्तु सजिलै चयन र प्रयोग गर्न सहयोग गर्छ ।

त्यस्तै अब्जेक्ट इरेजर, फिल्टर्स र इडिट सजेसन जस्ता टुलले फोटो सम्पादनलाई छिटो र सहज बनाउँछन् । ग्यालेक्सी ए५७ ५जीमा बेस्ट फेस र अटो ट्रिमजस्ता विशेषता पनि छन् ।

गुगलको सर्कल टु सर्च अब मल्टिअब्जेक्ट रिकग्निसन सहित उपलब्ध छ । अपग्रेड गरिएको बिक्सबी र जेमिनीले अझ प्राकृतिक संवाद सम्भव बनाउँछ । दुवै फोनमा ५० मेगापिक्सेल मुख्य क्यामरा सहित ट्रिपल क्यामरा सेटअप छ ।

उपलब्धता र मूल्य

ग्यालेक्सी ए५७ ५जीको मूल्य १२जीबी/२५६जीबीको ८९ हजार ९ सय ९९ र ८जीबी/२५६जीबीको ८४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै ग्यालेक्सी ए३७ ५जीको मूल्य १२जीबी/२५६जीबीको ७९ हजार ९ सय ९९, ८जीबी/२५६जीबीको ७२ हजार ९ सय ९९ र ८जीबी/१२८जीबीको ६४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको सामसङ नेपालले जनाएको छ ।

प्रिअर्डर अफर

कम्पनीका अनुसार ए५७ ५जी (१२जीबी) मा ४ हजार रुपैयाँ बराबरको मेमोरी अपग्रेड, ए३७ ५जीमा २ हजार ५ सय बराबरको मेमोरी अपग्रेड, ईएमआई २४ महिनासम्म १ हजार ७ सय ६४ रुपैयाँबाट सुरु हुने अफर छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?