News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सरकारले चैत २२ गतेदेखि बैंक तथा वित्तीय संस्थालाई शनिबार र आइतबार बिदा राख्ने निर्णय गरेको छ।
- नेपाल राष्ट्र बैंकले चैत २२ गतेदेखि सोमबारदेखि शुक्रबारसम्म बैंकिङ कारोबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म कायम गर्ने निर्णय गरेको छ।
- केन्द्रीय बैंकले आफ्ना कार्यालयको कार्यालय समय सोमबारदेखि शुक्रबार बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म कायम गर्न निर्देशन दिएको छ।
२३ चैत, काठमाडौं । बैंक तथा वित्तीय संस्था सातामा ५ दिन मात्र खुल्ने भएका छन् । नेपाल सरकारको निर्णय अनुसार बैंक वित्तीय संस्थाले पनि शनिबार र आइतबार बिदा सुरु गरेको हुन् ।
नेपाल राष्ट्र बैंकले पनि गभर्नरको निर्णय मार्फत चैत २२ गतेबाट सोमबार- शुक्रबारसम्म कार्यलय खुल्ने व्यवस्था लागु गरेको छ ।
त्यसैगरी केन्द्रीय बैंकले बैंकिङ कारोबार समय बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म कायम गरेको छ । यो निर्णयपछि बैंक तथा वित्तीय संस्थाले पनि सोही व्यवस्था लागु गरिसकेका छन् । सोमबारदेखि नै बैंक तथा वित्तीय संस्थाले ९ बजेदेखि बैंकिङ कारोबार सुरु गरिसकेका छन् ।
नेपाल सरकार मन्त्रिपरिषदले चैत २२ गते निर्णय गर्दै शनिबार र आइतबार बिदा कायम गरेको छ भने शुक्रबार पूर्ण अवधिभर सेवा प्रदान गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकमा नेपाल सरकारको निर्णय सोमबार देखि नै लागु भएको छ ।
केन्द्रीय बैंकले आफ्ना मातहतका कार्यालयलाई कार्यालय समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म कायम गर्न निर्देशन समेत जारी गरिसकेको छ । तर, कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म कायम हुने बैंकले जनाएको छ ।
त्यसैगरी बैंकिङ कारोबार समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म कायम गर्ने केन्द्रीय बैंकले जनाएको छ । साथै कात्तिक १६ देखि माघ १५ गतेसम्मको बैंकिङ कारोबार समय बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म कायम हुनेछ ।
प्रतिक्रिया 4